ताजा अपडेट »

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

शुक्रबार, १३ चैत्र २०७७, २१ : ०५
4 Shares

काठमाडौं । नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उनी सोही अस्पतालमा उपचारारत थिए।

पूर्व उद्योग मन्त्रीसमेत रहनु भएका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता थिए । सन्ताउन्न वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मेका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचितभएका थिए । उनी काँग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।

रासस
लेखकको बारेमा
रासस