१० माघ २०७८, सोमबार

Jan 24, 2022

वरिष्ठ गीतकार हरिगोपाल प्रधानद्वारा लिखित “यो मुटुमा सधैँभरि” नामक गीति एल्वम शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको हातबाट विमोचन गरी वल्र्ड रेकर्ड राख्न सफल हुनुभएकामा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा वल्र्ड रेकर्डको प्रमाणपत्र गीतकार प्रधानलाई हस्तान्तरण गर्नुहुँदै । उक्त गीतको म्यूजिक भिडियोमा राससका फोटोपत्रकार प्रदीपराज वन्त र मोडल कृजना डङ्गोलको अभिनय रहेको छ । तस्वीर : प्रदीपराज वन्त/रासस

काठमाण्डौं । गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले फेब्रुअरी १, २०२१ मा काठमाडौँदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजभित्र ३६ हजार फिट उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरमार्फत ‘मुटुमा सधैँभरी’ साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका हुन्।

उक्त साङ्गीतिक एल्बममा राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार प्रदीपराज वन्त र किर्जना डङ्गोलको मोडलिङ तथा आरध्यालक्ष्मी खड्गीले कोरियोग्राफी गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले वरिष्ठ गीतकार प्रधानलाई आज वल्र्ड बुक अफ रेकर्डस् नेपालको तर्फबाट सम्मान गरेका । कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व कीर्तिमानले नेपाली र नेपालको शिर ठाडो बनाएको बताए।

“संसारमा कसैले नगरेको काम गरेर नयाँ रेकर्ड बनाउने काम आफैँमा गाह्रो काम हो, तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ,” उनले भने । शहरी विकास राज्यमन्त्री मानन्धरले साङ्गीतिक क्षेत्रको नमूना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताए । नेपालीहरुले धेरै क्षेत्रमा वल्र्ड रेकर्ड बनाइसकेको उनको भनाइ थियो । गीतकार प्रधानले सबैको साथ, सहयोगका कारण आफूले विश्व रेकर्ड बनाउन सफल भएको बताए । सोही अवसरमा वल्र्ड रेकर्ड बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे