ताजा अपडेट »

कोइला खानी दुर्घटनामा चारको मृत्यु

शुक्रबार, १३ चैत्र २०७७, १५ : २८
24 Shares

ताइवान। उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्र्मीले पुष्टि गरेका छन् । उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

रासस
लेखकको बारेमा
रासस