ताजा अपडेट »

सिद्धार्थनगरमा वहुउद्देश्यीय कृषि भवन बन्दै

शनिबार, २५ जेठ २०७६, २० : २४
6 Shares

जेठ २५, बुटवल । रुन्देहीको सिद्धार्थनगरमा साढे ९ करोड लागतमा कृषि बजार संचालनका लागि अत्याधुनिक बहुउद्देश्यीय सामुदायिक भवन बन्ने भएको छ । सिद्धार्थ नगरपालिकाले वडा नं. ५ मा बन्ने सो भवन छरिएर रहेको तरकारी बजारलाई व्यवस्थित गरी एकै ठाउँमा राख्ने र खुद्रा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले बनाउन लागिएको हो ।

भवनको शनिबार एक समारोहबीच प्रतिनिधि सभा सदस्य घनश्याम भूसालले शिलान्यास गरे । कुल ९ करोड ५८ लाख ५२ हजार रुपैयाँ लागतमा बन्ने भवन बुउद्देश्यीय हुनेछ । २५ महिना अर्थात् ३० जुन २०२१ मा सक्ने गरी भवनको नगरपालिकाले काठमाडौंको स्काई÷रामसागर जेभीसँग ठेक्का सम्झौता गरेको प्रमुख प्रशासकीय प्रमुख ख्यामबहादुर थापाले बताउनुभयो । प्रदेश पाँच सरकार र तराई मधेश समृद्धि कार्यक्रमको १–१ करोड सहयोग तथा बाँकी नगरपालिकाको आन्तरिक स्रोतबाट भवन बनाउन लागिएको हो । ७ हजार १४५ वर्गफिटमा बन्ने ४ तल्लाको भवनमा कृषिसँगै अन्य घरायसी सामान र फिल्म हल समेत बनाइने छ ।

पहिलो तल्लामा कृषि बजार र खाद्यान्न सामाग्री, दोस्रोमा फेन्सी तथा कस्मेटिक पसल, तेस्रोमा इलेक्ट्रिकल्स सामान र चौथोमा कन्फ्रेन्स हल, फिल्म हल बन्ने नगर प्रमुख हरिप्रसाद अधिकारी जानकारी दिए । भवनमा लिफ्ट समेत जडान गरिने उनले बताए । विगत लामो समयदेखि यहाँ हप्तामा दुईपटक कृषि हाटबजार संचालित हुँदै आएको थियो । साँगुरो ठाउँमा पनि धेरै खुद्रा व्यापारीले तरकारी लगायत उपभोग्य सामान विक्री गर्दै आएका थिए । यसलाई व्यवस्थित गर्न नगरपालिकाले बहुउद्देश्यीय भवन बनाउन लागेको हो । यसले छरिएर रहेका व्यवसायीलाई एकै ठाउँमा ल्याउन मद्दत त गर्ने छ नै व्यवसायीले जथाभावी फ्याँक्दै आएको फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने छ । यसका साथै उपभोक्तालाई एकै ठाउँमा धेरै वस्तु खरिद गर्न सहज हुने नगर प्रमुख अधिकारीले जनाए ।


शिलान्यास समारोहमा सांसद घनश्याम भुसालले लुम्बिनी संसारकै सबैभन्दा बढी सम्भाबना भएको ठाउँ भएको ताए । उनले लुम्बिनीलाई व्यवस्थित र योजनाबद्ध ढंगले अगाडी बढाएमा राज्यले धेरै फाइदा लिन सक्ने पनि बताए । उनले समथल फाटमा रहेको लुम्बिनी क्षेत्र अनि केही मिनेटमै पुग्न सकिने पाल्पाको डाडाहरुमा जब गोरखपुरदेखी मान्छेहरु सांझ बास बस्न आउंछन् तब यहांको पर्यटन बजार फस्टाउने उल्लेख गरे । भुसालले कृषि बजार भवन बनेपछि यहाँ किसानको उत्पादन सिधै बजार ल्याउन सहज हुने र उपभोक्तालाई एकै ठाउँमा खरिद गर्न सहज हुने बताए । नेकपा नेता समेत रहेका भुसालल क्षेत्रको एकीकृत विकासमा आफू लागिपरेको जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।