ताजा अपडेट »

२०७८ मा कति दिन बिदा पाउँछन् बैङ्कका कर्मचारीले ‘सूचीसहित’

शुक्रबार, १३ चैत्र २०७७, १४ : ०६
4 Shares

काठमाडौं । वि. सं. २०७८ मा बैङ्कका कर्मचारीले ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्क जनशक्ति व्यवस्थापन विभागले सार्वजनिक गरेको बैङ्कका कर्मचारीले पाउने बिदाको सूचीमा राष्ट्रिय र क्षेत्रीय गरी ३५ दिन रहेको छ ।

विभागका अनुसार बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले ०७८ सालको दशैँको बिदा ५ दिन र तिहारको बिदा ४ दिन पाउनेछन् । यसका अलावा मछिन्द्रनाथ भोटो जात्रा, गाइ जात्रा, इन्द्र जात्रा घोडे जात्रालगायतका दिनमा पनि बिदा पाउने छन् ।  कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म र शुक्रबार साढे १ बजेसम्म र शनिवार बिदा रहने विभागले जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।