१० माघ २०७८, सोमबार

Jan 24, 2022

संयुक्त राष्ट्रसङ्घ । संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइनसँग कूटनीतिक सञ्चार सम्पर्क पुनः स्थापना गर्न लागेको जनाएको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीसँगको सञ्चार सम्पर्क विच्छेद गरेका थिए ।

Advertisement

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद बैठकमा भिडियो कन्फरेन्सबाट सम्बोधन गर्दै अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले प्यालेस्टाइनसँग अमेरिकाले चाँडै कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न लागेको बिहीबार जानकारी गराउनु भएको थियो । उनले जनवरी यतादेखि बाइडेन प्रशासनले दुबै पक्षसँग परामर्श गरी प्यालेस्टाइनमा शान्ति स्थापना गर्न चाहेको जानकारी गराएका थियो । राजदूत ग्रिनफिल्डले भने, “बाइडेन प्रशासनले अमेरिकी पूर्व प्रशासनले प्यालेस्टाइनसँग अबरुद्ध गरेको कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न पहल थालिसकेको छ । कूटनीतिक सम्बन्ध स्थापनाको हाम्रो लक्ष एकै छः इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि मद्दत गर्नु ।”

राजदूत ग्रिनफिल्डले अमेरिकाले इजरायललाई निरन्तर सहयोग गर्ने बताउँदै इजरायल र प्यालेस्टाइन दुबै पक्षले दुई– राज्य समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरे । उनले इजरायलको भविष्यका लागि यो नै सबैभन्दा राम्रो दृष्टिकोण रहेको अमेरिकी सोचाई रहेको बताए ।

राजदूत ग्रिनफिल्डले बाइडेन प्रशासनले प्यालेस्टिनी जनताको विकास र मानवीय सहायताका लागि मद्दत गर्न अमेरिकी सहायता कार्यक्रम पुनः आरम्भ गर्न लागेको पनि बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे