१२ असार २०७९, आईतवार

Jun 26, 2022

बलेवा । बडीगाड गाउँपालिका–७ भीमगिठे पानीको चरम समस्या भएको ठाउँ हो । वर्षामा आकाशको पानीले घाँटी भिजाउने यहाँका सर्वसाधारण हिउँदको समयमा कुवा र जङ्गल छेवैका पँधेराको भरमा बाँचेका छन् । सामुदायको सक्रियतामा निर्माण भएका कतिपय गाउँ छेउका धारामा हिउँदको समयमा पानी खस्दैन ।

भीमगिठेमा रहेको पानीको समस्या सामाधानका लागि नेपाल सरकारले ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गर्ने भनेपछि यहाँ शुरु भएको ‘विरही खानेपानी आयोजना’ समेत बजेटको अभावले अलपत्र परेपछि स्थानीय थप समस्यामा परेका छन् । यो खानेपानी आयोजना २०७३ सालमा शुरु भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत बजेट प्राप्त भएर काम शुरु भएको यो आयोजना क्रमागत आयोजना हो । अहिले यो खानेपानी आयोजनाको काम गर्ने वा नगर्ने अवस्थामा छ । “यो वर्ष बजेट चार लाख विनियोजन भएको कुरा छ तर निकासा नपाउँदा काम थाल्न सकिएको छैन ।” आयोजना उपभोक्ता समितिका अध्यक्ष रणबहादुर घर्तीमगरले भने, “वर्षौं भयो बजेट कम हुँदा काम गर्न सकिएको छैन ।”

भीमगिठेका १४९ घरपरिवारलाई घरघरमै धारा पुर्याउन यो आयोजना शुरु भएको हो । यसअघि दुई वटा मुहानबाट पानी ल्याउने गरी आयोजना शुरु भएको थियो । पहिलो र दोस्रो वर्ष लगाएर मुहानमा बनाइएका इन्टेक र केही पाइप बिच्छाउने कामबाहेक थप काम हुन नसकेको घर्तीले बताए । आयोजना शुरु भएको चार वर्ष बितिसक्दासमेत धारा बनेर पानी आउने वातावरण नबनेको स्थानीय रामबहादुर रायमाझीले बताएका छन् । पानीको समस्याका कारण यहाँका सर्वसाधारण पशुचौपाया तथा सरसफाइका लागि पानी प्रयोग गर्न पाउँदैनन् । भीमगिठेमा रहेको सामाजिक संस्था, विद्यालय तथा स्वास्थ्य संस्थामा समेत पानीको अभाव छ । अघिल्लो वर्ष आठ लाख रुपैयाँ खर्चेर यो आयोजनामा काम भएको थियो । पानी जम्मा गर्ने ट्याङ्की, पानी वितरण गर्ने ट्याङ्की र घर घरमा धारा बनाउने र पाइपको काम बाँकी छ । क्रमागत आयोजना भएकाले वर्षेनी विनियोजन हुने बजेटका आधारमा स्टमेट भएर काम हुने गरेको अध्यक्ष घर्तीले बताए । आयोजना सम्पन्न हुँदा करोड बढी खर्च हुने भए पनि बजेट अति न्यून भएकाले काम सम्पन्न हुन नसकेको उनको भनाइ छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

शान्ति समाजद्वारा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना लुम्बिनीमा ४३ प्रतिशत भूमिमा खेती, ५० प्रतिशतमा मात्रै सिंचाई सुविधा विद्यालय गएका छात्र खोलामा मृत फेला धान दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने २७ किलो गाँजासहित दुई युवक पक्राउ सैनामैनामा ३ दिने अगरबत्ती बनाउने तालिम, आत्मनिर्भरका लागि टेवा पुर्याउने कटुवा पेस्तोलसहित भरतपुरबाट एक युवा पक्राउ प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री शिक्षाको बिकासका लागि सञ्चार सवलीकरणमा सरोकारवालाको जोड विदेशी कम्पनीलाई सुम्पिएको सम्झौता च्यातिनुपर्छः पूर्वसञ्चारमन्त्री बाँस्कोटा वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी पश्चिमाञ्चल यातयात समितिका लोकराज महासंघको वरिष्ठ उपाध्यक्ष र लुम्बिनी संयोजकमा पाण्डे समृद्धिका लागि स्थानीय तहका जिम्मेवारी व्यापार संघद्वारा बुटवल मण्डपको नाम परिर्वतन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह कांग्रेस रुपन्देहीले जनप्रतिनिधिलाई प्रशिक्षण तथा बधाई दिने तिलोत्तमामा डुवान हुन नदिन पूर्व तयारी निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न रौतहटका स्थानीय तहका प्रमुखहरूसँगआग्रह रुपन्देहीको पूँजीगत खर्च २६‍.०५ प्रतिशत मात्र गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला