९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

नयाँदिल्ली । भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये चार लाख २१ हजार ६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ६४ हजार ६३७ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा गत जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ५० भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ८६ लाख तीन हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बिहीबार एकै दिनमा ११ लाख ७५६ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राजेन्द्र लिङ्देनकाे प्रस्ताव- संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं नेपालको आयात र निर्यात दुवै घट्यो, दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब सर्वोच्चले राष्ट्रपतिसँग माग्यो लिखित जवाफः विधेयक किन प्रमाणीकरण नगरेको ? अर्थमन्त्री शर्मा भन्छन्- कर्णालीकाे विकासमा कृर्षिकाे भूमिका महत्वपूर्ण छ जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा शालनालसहित शिशुको शव भेटियो भरतलाई भाग्यको साथ: बज्रपातमा ३५ करोडको चिट्ठा बढ्यो भीड, बढेन व्यापार जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट घट्यो सुनचाँदीको मूल्य डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छः सिंह केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ: खाद्य कम्पनी डलरको भाउ हालसम्मकै उच्च एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली सकियो सोह्र श्राद्ध, पितृ विसर्जन गरिँदै