१२ असार २०७९, आईतवार

Jun 26, 2022

पोखरा । प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिनसके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिने बताइएको छ । पोखरा पर्यटन परिषद्ले संस्थामा आबद्ध पर्यटन व्यवसायीका लागि आयोजना गरेको दुईदिने ‘डिजिटल मार्केटिङ एण्ड सोसल मिडिया’ तालीमको समापनमा सहभागी वक्ताहरुले प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिनसके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिने धारणा राखे ।

सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख प्रमुख काशिराज भण्डारीले प्रविधिले छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पुर्याउने बताए । उनले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएकाले यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गरे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालीममा परिषद्का संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्नसके व्यावसायिक सफलता हासिल गर्न सकिने बताए । कोभिड–१९ का कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै अब प्रविधिका माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नवीनतम् सोचको खाँचो औँल्याए । परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालीमले सघाउ पुर्याउने विश्वास व्यक्त गरे । तालीमका प्रशिक्षक पारस देवकोटाले सहभागीले डिजिटल र सोसल मिडियाका बारेमा विभिन्न जिज्ञासासहित सहभागिता जनाएको बताए । परिषद्सँग आबद्ध १२ संस्था करीब १०० पर्यटन व्यवसायी तालीममा सहभागिता रहेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

शान्ति समाजद्वारा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना लुम्बिनीमा ४३ प्रतिशत भूमिमा खेती, ५० प्रतिशतमा मात्रै सिंचाई सुविधा विद्यालय गएका छात्र खोलामा मृत फेला धान दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने २७ किलो गाँजासहित दुई युवक पक्राउ सैनामैनामा ३ दिने अगरबत्ती बनाउने तालिम, आत्मनिर्भरका लागि टेवा पुर्याउने कटुवा पेस्तोलसहित भरतपुरबाट एक युवा पक्राउ प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री शिक्षाको बिकासका लागि सञ्चार सवलीकरणमा सरोकारवालाको जोड विदेशी कम्पनीलाई सुम्पिएको सम्झौता च्यातिनुपर्छः पूर्वसञ्चारमन्त्री बाँस्कोटा वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी पश्चिमाञ्चल यातयात समितिका लोकराज महासंघको वरिष्ठ उपाध्यक्ष र लुम्बिनी संयोजकमा पाण्डे समृद्धिका लागि स्थानीय तहका जिम्मेवारी व्यापार संघद्वारा बुटवल मण्डपको नाम परिर्वतन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह कांग्रेस रुपन्देहीले जनप्रतिनिधिलाई प्रशिक्षण तथा बधाई दिने तिलोत्तमामा डुवान हुन नदिन पूर्व तयारी निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न रौतहटका स्थानीय तहका प्रमुखहरूसँगआग्रह रुपन्देहीको पूँजीगत खर्च २६‍.०५ प्रतिशत मात्र गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला