ताजा अपडेट »

अफगानिस्तानी सुरक्षा कारबाहीमा २७ लडाकूको मृत्यु

शुक्रबार, १३ चैत्र २०७७, १२ : १२
8 Shares

क्वालात, अफगानिस्तान ।अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २७ लडाकू मारिएका छन् ।सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको हो ।

सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन् ।लडाकूहरुले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरु समेत सुरक्षाकर्मीले नष्ट पारिदिएका छन् ।सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने सेनाको वक्तव्य मौन रहेको छ ।

रासस
लेखकको बारेमा
रासस