ताजा अपडेट »

दुर्घटनामा युवकको मृत्यु

शुक्रबार, १३ चैत्र २०७७, १२ : ०२
6 Shares

लहान। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– ११ बगहामा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट बिहिबार एक युवकको मृत्यु भएको छ ।

कर्जन्हा-११ बगहास्थित गाडीको ठक्करबाट अन्दाजी २६ वर्षीय युवकको मृत्यु भएको र मृतकको पहिचान पनि हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ठक्कर दिएलगत्तै गाडी फरार भएकाले नम्बर खुल्न नसकेको प्रहरीको भनाइ छ । टिपरले ठक्कर दिएको अनुमान गरिए पनि यकीन हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस