१० माघ २०७८, सोमबार

Jan 24, 2022

बझाङ । जिल्ला अस्पताल बझाङको डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले जिल्लाका दुर्गम गाउँमा गएर सेवा दिन थालेका छन् । जिल्लाका १२ वटा स्थानीय तहका दुर्गम गाउँमा गएर टोलीले स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो ।

गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बिहीबार सुर्मा गाउँपालिका–१ मा रहेको दुर्गम गाउँ पुदालीमा सेवा दिएको छ । दुई डाक्टरसहितको टोलीले ग्रामीण भेगमा वसोवास गर्ने विपन्न वर्गलाई लक्षित गरी सेवा प्रवाह गरिरहेका छन् । टोलीले नि:शुल्करुपमा ओपिडी सेवा, प्रयोगशाला सेवा, भिडियो एक्स–रे सेवा, महिलाको पाठेघरसम्बन्धी सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा र यौन रोगसम्बन्धी सेवा गाउँमा गएर दिँदै आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा.सन्दिप ओखेडाले बताए । उनले जिल्लाको १२ वटा पालिकाको अति दुर्गम गाउँमा गएर स्वास्थ्य शिविरका रुपमा उपचार गर्दै आएकोसमेत बताए । गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय निकै खुशी भएका छन् । सुर्मा गाउँपालिका–१ का जयबहादुर बोहराले भने, “यसरी हामीले गाउँमा आएर सबै सेवा पाउने आशा गरेका थिएनौँ तर यहाँ त सबै सुविधा गाउँमै दिने रहेछ ।” वर्षौंदेखि पेटको समस्या थियो, पैसा नहुँदा अस्पतालसम्म जान सकेको थिएन, यो धेरै राम्रो काम गर्याे जिल्ला अस्पताल बोहराको मात्र होइनन् सुर्मा गाउँपालिकाका अन्य शिविरमा सहभागीको भनाइ पनि उस्तै रहेको छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले भने, “सधैँ गाउँपालिकाको केन्द्रमा मात्र शिविर आउने हुँदा योपटक भने दुर्गम गाउँका विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रमको छनोट गरेको हो ।” उनले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा भएकाले सबैलाई शिविरमा आएर उपचार गराउन आग्रहसमेत गरे । गाउँपालिका प्रवक्तासमेत रहेका वडा नं १ का वडाध्यक्ष पुस्कल बोहराले गाउँमा यसरी औषधिसहितको टोली आएर घरमा उपचार गराउन पाउनु यहाँका जनताका लागि खुशीको कुरा भएकाले सबैले आएर सहभागी हुनुपर्नेमा जोड दिए । उनले दुर्गम गाउँमा विशेषज्ञसहितको सेवाले ग्रामीण भेगमा बस्ने समुदायका जनताको घरमै गएर स्वास्थ्य परीक्षण गराउन पाउँदा आफ्नो ठूलो उपलब्धि भएकोसमेत बताए । शिविरमा २१८ जनाले सेवा लिएका छन् जसमा ७१ जनाले भिडियो एक्स–रे, ३४ जनाले डेन्टल सेवा, ४६ जना महिलाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी सेवा, ३४ जनाले प्रयोगशाला र दुई जनाले इम्प्लान्ट लगाएको, जिल्ला अस्पताल सिमखेतका डा देवराज रतालाले जानकारी दिए छन् । शिविरमा जिल्ला अस्पताल सिमखेतबाट नौ जना डाक्टरको टोली खटिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे