ताजा अपडेट »

आगलागी पिडीतलाई राहत वितरण

शनिबार, २५ जेठ २०७६, १९ : ४०

जेठ २५, बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका वार्ड नम्बर २ खँडैचवामा गत जेठ २३ गते भएको आगलागीबाट पिडित घर–परिवारलाई खाध्यान्न तथा राहत बितरण गरिएकोछ । भैरहवा निवासी रमिता थापा मगर, पुजा न्योपाने र रिया शर्माले उनिहरुलाई लत्ताकपडा, खाद्यान्न र नगद लगायत राहत समाग्री बितरण गरेका हुन ।

स्थानिय समाजसेबी मोहम्मद इस्लामको संयोजनमा आगलागी पिडितहरु राम कुमार धोबी, रामजीत धोबी, सन्जीत धोबीको घरमा पुगी, गैडहबा गाउँपालिका वार्ड नं.२ का वडा अध्यक्ष तुलबहादुर पुन, इलाका प्रहरी कार्यलय, सुर्यपुराका प्रमुख जीवलाल चुडाली, स्वास्थ्य चौकीका अहेव चन्द्रकमल दुबे, अब्दुल हाईको उपस्तिथिमा राहत बितरण गरिएको हो ।


राहत बितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तुल बहादुर पुनले पिडित घरपरिवारलाई गाउँपालिकाको तर्फबाट पनि सहयोग प्रदान गरिने आस्वासन दिए । यस्तै समाजसेबी मोहम्मद इस्लामले प्राकृतिक प्रकोप तथा बिपत्ती कुनै बत्ती बालेर नआउने भएकोले विभिन्न प्रकोपहरुबाट बच्नु पर्ने र आगलागीबाट घरबार बिहिन भएका परिवारहरुलाई गाउँमै आएर राहत बितरण गर्नु आफैमा ठुलो धर्म भएको बताउँदै दानबीरहरु प्रति आभार ब्यक्त गरेका थिए ।


गत जेठ २३ गते उनीहरुको घरमा दिउँसको समयमा एक्कासी आगलागी भई तिन घरपरिवारको घर गोठ जल्नुका साथै घरमा भएका लत्ता कपडा, खाध्यान्न तथा नगद समेत नष्ट भएको थियो । आगलागि भए लगत्तै स्थानिय समाजसेबी मोहम्मद इस्लामले सामाजिक सञ्जाल फेसबुक मार्फत राहतको लागि आव्हान गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।