ताजा अपडेट »

राँगाले हान्दा मृत्यु

शुक्रबार, १३ चैत्र २०७७, १० : ५४
2 Shares

सिन्धुपाल्चोक । आफैँले पालेको राँगाले हान्दा बिहिबार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् । बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए ।

रासस
लेखकको बारेमा
रासस