१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

दाङ । जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ को जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । बिहिबार सूचना जारी गर्दै छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकमा थप कोभिड क्रियाशील भई सङ्कमित र मृत्युदरमा समेत वृद्धि भएकाले सर्तक रहन आग्रह गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले एक सूचना जारी गर्दै भारतको खुला सीमा नाकाका कारण मानिसको आवतजावत हुनुका साथै शहरी तथा ग्रामीण क्षेत्रमा मानिसको चहलपहल बढेकाले सङ्क्रमणको उच्च जोखिम रहेको बताए ।

उनले नागरिकलाई सजक र सर्तक रही स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, नियमित साबुनपानीले हात धुन, स्यानीटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, सार्वजनिक सेवा प्रवाह, व्यापार तथा व्यवसाय र सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

त्यसैगरी प्रशासनले फागुपूर्णिमालगायत मेला पर्व, भोजभतेर र पार्टीमा समावेश नहुन, जमघट एवं भिडभाड नगर्न आग्रह गरेको छ । कोभिड– १९ को लक्षण देखिएमा तत्काल तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना जाँच गराउन र जिल्ला प्रशासन कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि यसअघि सहमति लिएको भए पनि सो सहमति रद्द गरिएको र कार्यक्रम सञ्चालन नगर्न भनेको छ । साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा सङ्क्रामक रोग एने २०२० बमोजिम कारवाही हुने जनाइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक