ताजा अपडेट »

अवैध काठ ओसार्ने दुई पक्राउ

शुक्रबार, १३ चैत्र २०७७, १० : ३३
8 Shares

कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो ।

अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । यसैगरी बुधबार प्रहरीले कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरस्थित वनदेवी सामुदाययिक वन छेउमा अन्दाजी ३० क्यूविक फिट सालका दुई गोलिया बरामद गरी सामुदायिक वनमा जिम्मा लगाएको थियो ।

रासस
लेखकको बारेमा
रासस