१२ असार २०७९, आईतवार

Jun 26, 2022

काठमाडौँ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीका अध्यक्षतामा आज भएको समितिको बैठकले सभापति सुवेदीका संयोजकत्वमा ११ सदस्यीय अनुगमन टोली गठन गरेको छ ।

यही चैत १४ देखि १७ गतेसम्म स्थलगत अनुगमन गर्ने संसदीय टोलीले आयोजनाको प्रारम्भ, सम्पन्न हुनुपर्ने समय, प्रस्तावित लागत, हालसम्म भएको खर्चलगायत आयोजनाको व्यवस्थापकीय पक्षबारे जानकारी लिनाका साथै सरोकार पक्षसँग छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ । आजैको बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोगको कामको अनुगमन गर्न समिति सदस्य राजबहादुर बुढा क्षेत्रीका संयोजकत्वमा पाँच सदस्यीय उपसमिति पनि गठन गरेको छ ।

उपसमितिको कार्यावधि आयोगको समयावधिभर हुने गरी निर्धारण गरिएको छ । त्यसअघि आयोगका कामकारवाहीबारे समितिका सदस्य क्षेत्री, घनश्याम खतिवडा, दलबहादुर राना, राधा ज्ञवाली र सत्यनारायण शर्मा खनालले मन्तव्य व्यक्त गरेका थिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

शान्ति समाजद्वारा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना लुम्बिनीमा ४३ प्रतिशत भूमिमा खेती, ५० प्रतिशतमा मात्रै सिंचाई सुविधा विद्यालय गएका छात्र खोलामा मृत फेला धान दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने २७ किलो गाँजासहित दुई युवक पक्राउ सैनामैनामा ३ दिने अगरबत्ती बनाउने तालिम, आत्मनिर्भरका लागि टेवा पुर्याउने कटुवा पेस्तोलसहित भरतपुरबाट एक युवा पक्राउ प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री शिक्षाको बिकासका लागि सञ्चार सवलीकरणमा सरोकारवालाको जोड विदेशी कम्पनीलाई सुम्पिएको सम्झौता च्यातिनुपर्छः पूर्वसञ्चारमन्त्री बाँस्कोटा वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी पश्चिमाञ्चल यातयात समितिका लोकराज महासंघको वरिष्ठ उपाध्यक्ष र लुम्बिनी संयोजकमा पाण्डे समृद्धिका लागि स्थानीय तहका जिम्मेवारी व्यापार संघद्वारा बुटवल मण्डपको नाम परिर्वतन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह कांग्रेस रुपन्देहीले जनप्रतिनिधिलाई प्रशिक्षण तथा बधाई दिने तिलोत्तमामा डुवान हुन नदिन पूर्व तयारी निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न रौतहटका स्थानीय तहका प्रमुखहरूसँगआग्रह रुपन्देहीको पूँजीगत खर्च २६‍.०५ प्रतिशत मात्र गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला