९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गरेको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज जनाएको छ ।

नेपालका नगरोन्मुख भेगका निजी तथा सार्वजनिक क्षेत्रमा कृषिभूमि सौर्य ‘ग्रिड’ विस्तार, सौर्य ऊर्जाको उपयोगबाट सिँचाइको व्यवस्था तथा समावेशी आर्थिक विकासका लागि अनुदान सहयोग खर्च गरिनेछ । साथै सुदूरवर्ती क्षेत्रमा लघुग्रिडका माध्यमबाट भरपर्दो स्वच्छ ऊर्जा उपलब्ध गराइने छ । अनुुदान सहयोगको प्राविधिक पक्षले सार्वजनिक र निजी क्षेत्रका स्वच्छ ऊर्जासम्बन्धी परियोजना कार्यान्वयनमा टेवा पुर्याउने तथा वित्तीय सहायताको पाटाले लगानीका निम्ति भरथेग गर्नेछन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सर्वोच्चले राष्ट्रपतिसँग माग्यो लिखित जवाफः विधेयक किन प्रमाणीकरण नगरेको ? अर्थमन्त्री शर्मा भन्छन्- कर्णालीकाे विकासमा कृर्षिकाे भूमिका महत्वपूर्ण छ जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा शालनालसहित शिशुको शव भेटियो भरतलाई भाग्यको साथ: बज्रपातमा ३५ करोडको चिट्ठा बढ्यो भीड, बढेन व्यापार जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट घट्यो सुनचाँदीको मूल्य डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छः सिंह केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ: खाद्य कम्पनी डलरको भाउ हालसम्मकै उच्च एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली सकियो सोह्र श्राद्ध, पितृ विसर्जन गरिँदै उडानमा यात्रुले परिचरलाई कुटेपछि … अरिङ्गाल पोल्ने क्रममा एकको मृत्यु, पाँच जना घाइते