ताजा अपडेट »

परराष्ट्रमन्त्री ज्ञवालीको निर्वाचन क्षेत्रमा झण्डै १२ अर्ब विनियोजन

विहीबार, १२ चैत्र २०७७, १४ : ०३
24 Shares

गुल्मी । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आफ्नो निर्वाचन क्षेत्र गुल्मी क्षेत्र नम्वर १ मा निर्वाचित भए देखि विभिन्न विकास निर्माणमा हाल सम्म झण्डै १२ अर्ब रुपैयाँ बजेट पारेका छन् । मन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपालीका अनुसार आर्थिक बर्ष २०७५ ÷०७६ मा गुल्मी क्षेत्र नम्वर १ का विभिन्न विकास निर्माणमा १ अर्ब, १२ करोड ६४ लाख रकम विनियोजन भएको थियो ।

आर्थिक बर्ष २०७६ ÷०७७ मा ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ विनियोजन भएको थियो । चालु आर्थिक बर्षमा ५ अरब ३९ करोड ३८ लाख १५ हजार सहित यस अवधीमा ११ अरब ६५ करोड २४ लाख १५ हजार रुपैयाँ गुल्मी क्षेत्र नम्वर १ मा संघिय सरकारबाट रकम विनियोजन भएको छ । जस मध्ये खानेपानी योजनामा रकमान्तर ९ करोड ३७ लाख रुपैयाँ, बलेटक्सार रिङ्गरोड निर्माणका लागि ५ करोड, नागरिक आवस कार्यक्रम खरको छाने विस्थापनका लागि १ करोड ४० लाख विनियोजन भएको छ । त्यस्तै सांसद क्षेत्र पुर्वधार कार्यक्रम तर्फ ४ करोड, समपुरक कार्यक्रम योजनाका लागि ८ करोड १७ लाख विनियोजन भएको छ ।

कालिगण्डकी कोरिडोरका लागि ५० करोड विनियोजन भएको छ । पुल निर्माणका लागि २० करोड ५० लाख विनियोजन भएको छ । रेसुङ्गा पर्यटन विकासका लागि २० लाख, रेसुङ्गा एअरपोर्ट कालोपत्रेका लागि १४ करोड विनियोजन भएको छ । कालिगण्डकी कोरिडोर रिडी रुद्रवेणी हर्मिचौर खण्डमा २१ किलो मिटर कालोपत्र गर्न १ अरब ८ करोड ८६ लाख विनियोजन भएको छ । चोरकाटे शान्तिपुर कालोपत्रेका लागि १६ करोड ८८ लाख रपैयाँ विनियोजन भएको छ । तम्घास नेटा सडक कालोपत्रेका लागि मन्त्री ज्ञवालीले ७ करोड पारेका छन् । खज्र्याङ्ग गुल्मीदरवार घुम्ती मोटर बाटो, गौडाकोट झिरवास मजुवा मोटरबाटो, रिडी –खज्र्याङ्ग मोटरबाटो, पुर्तिघाट, फोक्सीङ्ग, ग्याघा, शान्तिपुर मोटरबाटो, भेडुवा, हुँगा, सिस्ने, चोरकाटे मोटरबाटो कालोपत्रे तथ स्तरोन्नतीका लागि १० करोड विनियोजन भएको छ ।

त्यस्तै विभिन्न सडक आयोजन– वर्तुङ्ग तानसेन, रिडी वामीटक्सार, खर्बाङ्ग सडक, वुर्तुङ्ग, रिडी, तम्घास सडक, रिडी तानेसन सडक स्तरोन्नीत, रिडी, रुद्रवेणी वामीटक्सार दरमखोला काँडेवास गल्कोट बाग्लुङ्ग सडक, छत्रकोट गाउँपालिका, हुँगा, चोरकाटे, सत्यवती ७ सडकको स्तरोन्नती गरिने । त्यस्तै पुर्तिघाट, फोक्सीङ्ग, ग्वाँघा, शान्तिपुर सडक रिडी बल्कोट, दाङ्ग, सुर्खेत सडक, खज्र्याङ्ग, गुल्मीदरवार घुम्ती मोटरबाटो, गैडाकोट, झिरवास मजुव मोटरबाट, रिडी खज्र्याङ्ग मोटरबाटो, रिडी, वल्कोट, हंसपुर, प्युठान , सुर्खेत सडक, वर्तुङ्ग । रिडी, तम्घास सडकको लागि २७ करोड ५० लाख विनियोन भएको छ । रिडी कालिगण्डकी पर्यटकिय क्षेत्र तटबन्ध कार्यक्रमका लागि २८ करोड ८७ लाख विनियोजन भएको छ । रेसुङ्गा नगरपालिका ७ उनायचौरमा बन्न लागेको विद्युत शव स्टेशनका लागि ४७ करोड ५० लाख विनियोजन भएको छ । सत्यवती पहिरो पीडित पुनरस्थापनाका लागि १० करोड परेको छ ।

तम्घास अस्पताल भवन निर्माण, श्रंगा, रिडी, सत्वती, कालिगण्डकी, गुल्मीदरवार र चन्द्रकोटमा १५ शैयाको अस्पताल निर्माणका लागि २० करोड विनोयजन भएको छ । रेसुङ्गा एअरपोर्ट निर्माणका लागि थप १४ करोड परेको छ । त्यस्तै संघिय बिशेष अनुदान ( स्थानीय तह ) ६करोड ७८ लाख परेको छ । संघिय समपुरक अनुदान ५ करोड ११ लाख परेको छ । खानेपानीका लागि ६ करोड ६७ लाख विनियोजन भएको छ । पक्कीपुल निर्माणका लागि १७ करोड ३६ लाख विनियोजन भएको छ । रुरुक्षेत्र गाउँपालिका १ मा सितभण्डार निर्माणका लागि १ करोड १६ लाख बजेट विनियोजन भएको छ ।

चालु आर्थिक बर्षका सडक योजनाहहरु

पटौती, खज्र्याङ्ग, घुम्ती, गैडाकोट, मजुवा शान्तिपुर रणनितिक सडकका लागि २ करोड ४० लाख विनियोजन भएको छ । त्यस्तै पुर्तिघाट फोक्सीङ्ग, ग्वाघा, शान्तिपुर, आँपचौर, ईन्द्रेगौडा सडकका लागि ४० लाख बजेट परेको छ । छत्रकोट गाउँपालिका, हुँगा, गुन्टुङ्ग्रा सिस्ने चोरकाटे, सत्वती सडक निर्माणका लागि ४० लाख बजेट परेको छ । रुद्रवेणी अस्लेवा, ठुलोलुम्पेक, जयखानी सडक निर्माणका लागि ४० लाख बजेट परेको छ ।सत्यवती चन्द्रकोट लोकमार्गको लागि पनि त्यति नै रकम छुट्टाईएको छ ,

वतुङ्ग, रिडी, तम्घास सडकका लागि पनि त्यति नै बजेट विनियोजित भएको छ । त्यस्तै वर्तुङ्ग रिडी देखि वामीटक्सार खर्वाङ्ग, सोही सडक मार्गका लागि ७ करोड ४० लाख बजेट छृट्टिएको छ । रिडी खज्र्याङ्ग, बलकोट मोटर बाटो २७ किलो मिटर कालोपत्रेका लागि २ अरब, २० करोड ५६ लाख विनियोजन भएको छ । रेसुङ्गा देउराली एअरपोर्ट सडक कालोपत्रेका लागि ३ करोड ५० लाख रकम परेको छ ।रुद्रवेणी मजुवा वामी खर्बाङ्ग सडक कालोपत्रेका लागि १० करोड बजेट विनियोजन भएको छ । कालिगण्डकी कोरिडोरमा नेपाली सेनाद्धारा १० मिटर कटिङ्गका लागि ३० करोड बजेट विनियोजन भएको छ । यस आर्थिक बर्षमा माथी उल्लेखित सडकका लागि २ अरब, ८१ करोड ८४ लाख बजेट पारिएको छ ।

१५ वटा पक्की पुल बन्दै

गुल्मीको क्षेत्र नम्वर १ का विभिन्न सडक सञ्जाल जोड्ने १५ वटा पक्की पुल बन्दै र कुनै बन्ने क्रममा रहेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीको सचिवालयका अनुसार बडिगाडखोलामा खैरेनी देखि वोटेगाउँ जोड्ने पक्की पुल निर्माणका लागि चालु आर्थिक बर्षमा एक करोड रुपैयाँ विनियोजन भएको छ । कागिण्डकी नदिको सेतीवेनीमा गुल्मी र स्याङ्गजा जोड्ने पक्की पुलका लागि ४७ लाख ५० हजार विनियोजन भएको छ । गुल्मीदरवार गाउँपालिकामा गौडाकोट देखि पुर्खे जोड्ने पुल निर्माणका लागि ४७ लाख ५० हजार विनियोजन भएको छ । बडिगाड खोलामा उल्लीखोला देखि हुँगा जोड्ने र त्यसको करिव ५ सय मिटरको दुरीमा पर्ने सिस्ने देखि हुँगा जोड्ने पक्की पुलका लागि एक –एक करोड रुपैयाँ विनियोजन भएको छ ।

जुनियाँ देखि हुँगा जोड्ने र तम्घास खोलामा पक्कीपुल निर्माणका लागि पनि एक एक करोड रकम परेको छ । त्यस्तै बडिगाडखोलमा साहघाट देखि लिम्घा जोड्ने पुल निर्माणका लागि ४७ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । त्यस्तै खैरेनी जिङदीखोलामा जोहाङ्ग हसरा जोडने पुलका लागि पनि त्यति नै रकम परेको छ । त्यस्तै हुग्दीखोलामा शान्तिपुर बजार र विद्यालय जोड्ने पुल निर्माणका लागि सर्वे भएको छ । सत्यवती वडा नम्वर ६ डहरेखोला पुल उल्लीखोलमा रुरुक्षेत्र गाउँपालिका ४ पाँगा देखि छत्रकोट गाउँपालिका वडा नम्वर १ जोड्ने पुलका निर्माणका लागि पनि सर्वे भई सकेको परराष्ट्रमन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपालीले जानकारी दिए ।

सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले त्यस गाउँपालिका भित्रका बडिगाड खोलामा मात्रै ६ वटा पक्की पुल निर्माणको काम तिब्रगतिमा आगाडी बढेको बताए । बडिगाडखोलामा पुल प्रयाप्त भएका छन अध्यक्ष ढकालले भने रुद्रवेणी वामीटक्सार सडक खण्डका ठाउँ ठाउँका ठाडा खोलाहरुमा पुल नहुँदा बर्षायाममा सडक अबरुद्ध हुने भएकाले दजनौं पुल निर्मालाका लागि माथील्लो निकाय संग माग गर्दछौं ।

सहरी विकास मन्त्रालयबाट थप रकम

परराष्ट्रमन्ँत्रीका प्रेस संयोजक सुदन ज्ञवालीका अनुसार सहरी विकास मन्त्रालयबाट पनि माथी उल्लेखित सडक निर्माणका लागि रकम विनियोजन भएको छ । तम्घासको देउराली चेतेनेटा, रेसुङ्ग एअरपोर्ट सडक कालोपत्रेका लागि ३ करोड ५० लाख रकम परेको छ । बलेटक्सार, टाहटिम, उल्लीखोला, रानीवास, चौतरा बलेटक्सार रिङ्गरोड सडकका लागि १० लाख रकम परेको छ । शानितपुर बजारको नाली तथा भित्री सडक निर्माणका लागि ५० लाख परेको छ ।

तम्घास, गडजुरा गौशाला पराल्मी ईन्द्रेगौडा सडकका लागि १ करोड रुपैयाँ परेको छ । त्यस्तै रेसुङ्गा नगरपालिका, सदरमुकाम तम्घास भित्रका सडक मर्मत सम्भारका लागि १ करोड ५० लाख विनियोजन भएको छ । त्यस्तै सदरमुकामका मुख्य सडकका नाली तथा स्तरोन्नतीका लागि पनि ५० लाख परेको छ । राङ्गवास पिपलनेटा खेरेती, पाङ्ग्राखोला देखि झिरवासपाटी अर्घाखाँची सिमना सम्मको सडक स्तरोन्नतीका लागि ५० लाख विनियोजन भएको छ । त्यस्तै छत्रकोट गाउँपालिकाको हुँगामा आपतकालिन आवस निर्माणका लागि ८० लाख वजेट विनियोजन भएको छ । माथी उल्लेखित कार्यका लागि ८ करोड ४० लाख रुपैयाँ परेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।