ताजा अपडेट »

रुपन्देहीको कञ्चनमा चोरीका घटना बढ्दो, दुई भातरीय पक्राउ

विहीबार, १२ चैत्र २०७७, १३ : ५३
4 Shares

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा चोरी कार्यमा संलग्न भारतीयसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले कृषकको खेतबाट पानी तान्ने मोटर र सि पि भि सी पाइप सहित चोरी गर्ने क्रममा पक्राउ गरिएको हो ।

गएको मध्यरातमा चोरी गर्ने क्रममा भारतको उत्तर प्रदेश सिद्धार्थनगरका २२ वर्षिय राजेश यादव र सुरेन्द्र चौहानलाई अस्थाई प्रहरी चौकी प्रतापपुरको टोलीले पक्राउ गरेको छ । रातीको समयमा शंकास्पद रुपमा हिड्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुले गैडहवा गाउपालिका-४ ठकुरापुर स्थित नवदुर्गा माध्यमिक विद्यालयको मोटर तोडफोड गरी चोरी गरेको खुल्न आएको प्रहरी निरीक्षक सिताराम यादवले जानकारी दिए ।

मोटर तोडफोड गरी नजिकैको ह्युम पाइप भित्र लुकाइराखेको र सिपिभिसि पाइप आफूहरुसंगै लिएर हिडेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । कञ्चन–३ हरैयामा रहेको गणेश कवाडी संकलन केन्द्रमा काम गर्दै आएका यादव र चौहानले बिगत ३ महिनादेखि गाउँ–गाउ“मा गई कवाडी संकलन गरी बिक्री गर्ने गरेका थिए । उनीहरुले यसअघि पनि विभिन्न ठाउँबाट पानी तान्ने मोटर, साइकल लगायतका अन्य सामग्रीहरु समेत चोरी गरी बिक्री गर्ने गरेको प्रहरी सामु स्वीकार गरेका छन् । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय, लुम्बिनी पठाइएको इलाका प्रहरी कार्यलय, रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

स्मरण रहोस् गत चैत्र १० गते अस्थाई प्रहरी चौकी, प्रतापपुरदेखि करिब २ सय मिटर नजिक रहेको प्रगतिशील दिप ट्युववेल सिंचाई जल उपभोक्ता समितिको २५ के भि ए को विद्युत ट्रान्सफर्मर चोरी भएको थियो । यसैगरी गत चैत्र १ गते सोही चौकीको करिब ५० मिटर पुर्व रहेको बिन्दु कुंवरको घरबाट र कञ्चन ४ अस्नैयका मनोज कुमार रानाको घरबाट कुवर र रानाको १५० सिसिको पल्सर मोटर साइकल चोरी भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।