ताजा अपडेट »

अफगान सुरक्षाबलको कारबाहीमा परी बाह्र तालिबानी लडाकू मारिए

विहीबार, १२ चैत्र २०७७, १३ : ४१
6 Shares

काबुल । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा आतङ्ककारीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा अन्य पाँच तालिबान लडाकू घाइते भएका पनि सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ ।

तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित सो कारबाही भएको थियो । कान्दाहार प्रान्तको आर्घान्दाब र मिवान्द जिल्ला तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित भएको यस कारबाहीको क्रममा १२ लडाकू मारिनुको साथै अन्य पाँच घाइते भएका थिए ।यस कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीले योजना गरेको एम्बुस, विस्फोटक पदार्थ ५५ थान बरामद गरेको बताइएको छ ।यस कारबाहीको क्रममा सर्वसाधारण नागरिक र सुरक्षा अधिकारीहरु भने हताहत नभएका समाचारमा जनाइएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको विषयको केही टिप्पणी गरेका छैनन् ।

रासस
लेखकको बारेमा
रासस