२३ असार २०७९, बिहीबार

Jul 7, 2022

बझाङ। जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन्। साइपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लामा पाइने हिमाली जडीबुटीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल सम्पन्न भएको छ । कार्यक्रममा यार्सागुम्बा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडीबुटी परिपक्व नहुँदै निकाल्दा बीउ उत्पादन नहुने, जथाभावी फोहरमैला फाल्ने, वनमा डडेलो लगाउने गरेका कारण जडीबुटी लोप हुन गएकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।

दुई हजार ५४१ जनसङ्ख्या रहेको साइपालमा मुख्य आयस्रोतका रुपमा नै जडीबुटी र पशुपालन रहेको छ । वातावरणमा परेको असरले जडीबुटी उत्पादनका क्षेत्रमा असर पुगिरहेको जनाइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले साइपालको सिमाना तिब्बतसँग जोडिएकाले अवैध सामग्री ओसारपसार रोक्न आग्रह गरे। जिल्ला समन्वय समिति प्रमुख खड्कबहादुर खड्काले डडेलोबाट वन र वातावरण जोगाइ बहुमूल्य जडीबुटीको संरक्षण गर्न सकिने बताएका छन्। जेठको अन्तिम सातादेखि असारको दोस्रो सातासम्म यार्सा टिप्ने समय भए पनि हाल वैशाखको अन्तिम सातादेखि नै इजाजत लिई यार्सा सङ्कलनमा जाने गरेको सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले जानकारी दिए। साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले जडीबुटी संरक्षणका लागि गाउँपालिकाले प्राथमिता दिएको बताए । बझाङको सुर्मा, साइपाल, बुङ्गल, खप्तडछान्ना, छविसपाथिभेरा गाउँपालिकालगायत स्थानीय तहमा जडीबुटी पाइँने गर्छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु