२३ असार २०७९, बिहीबार

Jul 7, 2022

लहान। नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न शुरुआत गरेको छ ।धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य शुरु गरेको हो । संस्थानले ग्राहकबाट रु ७५ लाख ६८ हजार ९६९ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । एउटै ग्राहकबाट रु एक लाखसम्म बक्यौता उठाउन बाँकी रहेको जनाइएको छ । बक्यौता धेरै बाँकी रहेकाले आपूर्ति बन्द गरेर बक्यौता असुल गर्ने योजना बनाइएको संस्थान लहानका प्रमुख शिरिष राजभण्डारीले जानकारी दिए ।

संस्थानका अनुसार केशव कोइराला, वीरेन्द्रप्रसाद यादव र जिवछ महतोबाट रु एक लाखभन्दा बढी बक्यौता उठाउन बाँकी छ । यस्तै पूर्व उपसभामुख चित्रलेखा यादवबाट रु ४० हजार, दामोदर उपाध्यायबाट रु ७० हजार, नेवकीबती चौधरीबाट रु ७५ हजार, परशुराम चौधरीबाट रु ४३ हजार, एकलाश कुमारी यादवबाट रु ५४ हजार, मोहनदास तत्माबाट रु ५७ हजार बक्यौता रहेको उनले जानकारी दिए ।त्यस्तै सडक विभाग लहानबाट रु ४२ हजार, लहानस्थित यान्त्रिक कार्यालयबाट रु १३ हजार र लहान नगरपालिकाबाट रु १३ हजार बक्यौता उठाउन बाँकी रहेको छ । पछिल्लो समय महसुल नबुझाउने प्रवृत्ति बढ्दै गएको जनाइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान