ताजा अपडेट »

ब्राजिलमा एकैदिनमा अहिलेसम्म धेरैको मृत्यु

विहीबार, १२ चैत्र २०७७, ११ : ३६

ब्राजिलिया। कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित मुलुक ब्राजिलमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।
महामारी सुरु भएदेखि अहिलेसम्मका दिनमध्ये मङ्गलबार सबैभन्दा धेरै जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबार मात्रै ब्राजिलमा तीन हजार २५१ जनाको मृत्यु भएको देखिएको छ ।योसँगै ब्राजिलमा कारोनाभाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या दुई लाख ९८ हजार ६७६ पुगेको छ ।त्यसैगरी पछिल्लो एक दिनमा ब्राजिलमा कोरोनाभाइरसबाट ८२ हजार ४९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । ब्राजिलमा अहिलेसम्म कूल एक करोड २१ लाख ३० हजार १९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

रासस
लेखकको बारेमा
रासस