६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

डा. रमेश आचार्य, नर्भिक इन्टरनेसनल अस्पताल

असुरक्षित खानपान र प्रदूषित पानीको प्रयोग भएमा शरीरमा तीव्र संक्रमण हुने अवस्थालाई टाइफाइड फिभर (ज्वरो) भनिन्छ । यो ‘टाइफस’ जस्तै देखिएकाले यसलाई टाइफाइड फिभर भनिएको हो । यो टाइफसभन्दा फरक हो भन्ने कुरा १९औं शताब्दीमा मात्र पुष्टि भएको थियो । त्यसपछि यसको इन्टेरिक फिभर राखियो । तापनि यी दुवै नाम उत्तिकै प्रयोग हुन्छन् ।

Advertisement

नेपालमा यो रोगको संक्रमण प्रत्येक गर्मी मौसममा हुने गरेको छ । गर्मी मौसममा यो जीवाणु दूषित पानीको कारण र सफाइमा उचित व्यवस्थापन हुन नसक्दा संक्रमण हुन्छ । सहरीकरण, सफाइको व्यवस्थापनमा अहिले पनि पूर्ण हुन नसकेकाले सहर र गाउँ दुवै यो रोगको जोखिममा छन् । त्यसमा पनि घरबाहिर खाना खानेहरू, मजदुरी गर्नेहरू बढी जोखिममा छन् । केही वर्षपहिले काठमाडौंमा ५ सयजना टाइफाइड संक्रमण भएको पाइएको ह्यारिस बुकमा उल्लेख छ । नेपालमा यो रोग कति भागमा छ भन्ने विषयमा अध्ययन भएको छैन । प्रत्येक वर्ष भने यो रोगको संक्रमणले धेरैजना प्रभावित हुन्छन् । विशेष गरी जेठदेखि असोजसम्म यो रोगको संक्रमण हुन्छ ।
टाइफाइडलाई गाउँघरमा ‘म्यादे ज्वरो’ अथवा ‘भीष्म ज्वरो’ भनेर पनि चिनिन्छ । नेपालको तराईमा यो रोग बढी फैलिएको पाइन्छ । जेठदेखि असोजसम्म यो रोग बढी फैलिने गर्छ । स्वास्थ्यमा सामान्य ध्यान नदिँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्छ । पछिल्लो समय देशैभरका सहरी अस्पतालमा ज्वरो आएका बिरामीको अनुपातलाई हेर्दा मुख्य यही कारण हो ।

टाइफाइड सालमोनेला टाइफी र सालमोनेला प्याराटाइफी जीवाणुको माध्यमबाट सर्छ । टाइफाइड नगराउने कीटाणुलाई नन टाइफाइडल सालमोनेला भनिन्छ । खानेकुरा र पानीमा जीवाणु मिसिएपछि एकअर्कामा सर्ने गर्छ । यो रोग सर्ने मुख्य कारण प्रदूषित पिउने पानी, खाना खानुपूर्व राम्ररी हात नधुँदा, स्वच्छता नअपनाउँदा र जथाभावी खाना खानाले हो । सचेत नभएमा स्वास्थ्यकर्मीलाई समेत यो रोग सर्नसक्ने डर हुन्छ ।


टाइफाइडको जीवाणु साल्मोनेलाको संक्रमण भएको पहिलो सातादेखि चर्को ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, पेट दुख्ने, दिसा पातलो हुने, दिसा कम लाग्नेजस्ता लक्षण देखिन्छन् । पहिलो साताको अन्त्यतिर २५ प्रतिशत बिरामीको छालामा रातो दाग देखिन सक्ने र दोस्रो साताको अन्त्यसम्म उपचार नगरे विभिन्न जटिलताहरू देखिन सक्छन् ।


यो रोगको पहिचान गर्न विभिन्न परीक्षण गर्न सकिन्छ । जसअनुसार ज्वरो आएको व्यक्ति वा यो रोग फैलिएको क्षेत्रमा सालमोनेला टाइफी वा सालमोनेला प्याराटाइफी भन्ने जीवाणु रगत, बोनम्यारो र दिसापिसाबको कल्चर परीक्षण  गरी पत्ता लगाउन सकिन्छ । बढ्दो एन्टिबायोटिक औषधिको प्रयोगले कल्चरमा नेगेटिभ रिजल्ट आउँछ । जसकारण रोग पनि समयमै पुष्टि गर्न कठिनाइ हुन्छ । यो रोगका लक्षण देखाउने अन्य रोग पनि छन् । मलेरिया, डेंगु, हेपाटाइटिस, लेप्टोस्पाइरोसिस, लिभर एभ्ससेसलगायत हुन् ।


यो रोग लागेको पुष्टि भएपछि डाक्टरको सल्लाहअनुसार जीवाणु मार्ने एन्टिबायोटिक औषधि खाने, शरीरलाई चाहिने तरल पदार्थ पूर्ति गर्ने, ज्वरोे न्यूनीकरण गर्ने र तोकिएकोे अवधिसम्म औषधि नबिराई सेवन गर्ने ।

टाइफाइडबाट बच्ने उपायहरू
प्रदूषित खानेकुरा नखाने  
उमालेको पानी पिउने
ढलको उचित व्यवस्थापन गरी मिसावट कम गर्ने
उच्च जोखिम भएको क्षेत्रमा जाँदा भ्याक्सिन लगाउने
सक्रमण बाहिर फैलन नदिन उपचारमा संलग्न स्वास्थ्यकर्मीले ध्यान दिने

-साभार

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला