ताजा अपडेट »

एमालेमा खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक

विहीबार, १२ चैत्र २०७७, ११ : २९
4 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ । पछिल्ला गतिविधि र अबको बाटो के हुने भन्नेबारे छलफल गर्नका लागि बैठक बस्ने तयारी भएको स्रोतले बताएको छ । यसैबीच नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले मागेको स्पष्टिकरण पनि तयार पारेका छन्। नेता पाण्डेले स्पष्टिकरण तयार भइरहेको जानकारी दिए।

यसअघि अध्यक्ष ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए। गत फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल नेपाल पक्ष रुष्ट बनेको छ । त्यसपछि ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बहिस्कार गर्दै सो पक्षले समानान्तर कमिटी गठन गरेर ललितपुरमा २ दिने राष्ट्रिय कार्यकर्ता भेला पनि गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।