२२ असार २०७९, बुधबार

Jul 6, 2022

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताएका छन् ।कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड-१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले भने, “कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन सचेत हुनुपर्छ ।” यद्यपि अहिले भयावहको स्थिति नभएको उनले बताए ।

प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको भन्दै पूर्ण नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताए । उनले भने, “तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोजेको जस्तो देखिन्छ, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ ।”उनले अन्य देशको तुलनामा नेपालमा कोभिड-१९ सङ्क्रमणको असर कम परेको उल्लेख गर्दै फेरि पनि असर कम पर्ने बताए । “हामीकहाँ यसको असर कम परयो । फेरि पनि कम पर्छ र बाहिर, अन्यत्रजस्तो यसलाई हामी सङ्क्रमित हुन दिँदैनौँ र दिनु पनि हुँदैन । यसका लागि विभिन्न तरिका अवलम्बन गर्नुपर्छ”, उनले भने,, “हामीले नियम र आदेशको पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सिसिएमसीले जारी गरेको नियम मान्नुपर्छ । त्यसो गरे मात्रै हामी यसबाट जोगिन सक्छौँ ।”प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ दाङको तुलसीपुर पूर्णखोप सुनिश्चिता उपमहानगर कोरोना संक्रमण बढ्यो, बधुबार थपिए ११३ संक्रमित दार्चुलामा तुइनबाट खसेर किशोर बेपत्ता तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस्