ताजा अपडेट »

शहरी क्षेत्र विकासका लागि रामग्रामलाई ६२ करोड अनुदान

विहीबार, १२ चैत्र २०७७, ०७ : ५३
6 Shares

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले शहरी क्षेत्र विकासका लागि ६२ अनुदान प्राप्त गर्ने भएको छ । नगरको भौतिक पुर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ६२ करोड २२ लाख रुपैया बजेट अनुदान सहयोग गर्ने भएको हो ।

नगरपालिकाले नगर क्षेत्रभित्रका बजारहरुलाई व्यस्थित गर्न सो रकम खर्च गरिने नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । रामग्राम नगरपालिका र शहरी विकास विभाग बीच गत फागुन २१ एनयुजी आईपी परियोजना कार्यान्वयका लागि सम्झौता भई प्रक्रिया अगाडी बढेको उनले जानकारी दिए ।

रामग्रामले नगरभित्रका सडक संजाल र फोहोर व्यवस्थापनको क्षेत्रमा अनुदान रकम खर्च गर्ने भएको छ । सम्झौता अनुसार परियोजना सम्झौता भएदेखि ५ वर्ष भित्र सबै योजना पूरा गरिसक्नु पर्ने हुन्छ । नगरपालिकाले यसै आर्थिक वर्षमा योजनाहरुको छनौट गरि डिपिआर निर्माण तथा ठेक्का प्रक्रियाका लागि अघि बढ्ने नगर प्रमुख गुप्ताले जानकारी दिए ।

नेपाल सरकारले सहरी क्षेत्रको विकासका लागि विश्व बंैकबाट सहुलियत ब्याजदरमा लिएको ऋणलाई स्थानीय तहको सहरी क्षेत्रमा विकास गर्न नेपाल शहरी सासकीय भौतिकपुर्वाधार विकास परियोजना लागु गरेको छ । जसमा रामग्राम नगरपालिका पनि छनौटमा परि उक्त अनुदान रकम पाउने भएको हो । देशका विभिन्न १७ पालिकामा लागु हुने यस परियोजनाको निगरानी गर्न र सम्पुर्ण प्रकृया अगाडी बढाउन शहरी विभागमा एकछुट्टै युनिट पनि खडा गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।