ताजा अपडेट »

मधेशी पत्रकार समाजको भेला, महासंघको निर्वाचनका लागि उम्मेद्वार चयन

विहीबार, १२ चैत्र २०७७, ०७ : ३६
4 Shares

भैरहवा । मधेशी पत्रकार समाज जिल्ला कार्यसमिति रुपन्देहीको भेला बुधबार मर्चवारको मर्चवारी देवी मन्दिरमा भएको छ । नेपाल पत्रकार महासंघको निर्वाचनको लागि उम्मेदवारहरुको छनौट, बिभिन्न संघ संगठनसँग सहकार्य र पत्रकार महासंघको सदस्यता लगायतको विषयमा छलफल गर्न भेला भएको हो ।

भेलाले मधेशी पत्रकार समाजबाट कोषाध्यक्ष रविन्द्र प्रताप गुप्ता र कार्यसमिति सदस्य विवेक विश्वकर्मालाई समाजको प्रतिनिधित्व हुने गरि महासंघको निर्वाचनमा उम्मेदवार तोकेको छ । समाजका जिल्ला अध्यक्ष राधेश्याम विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई मध्यनजर गर्दै बिभिन्न संघ संस्थासँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । समाजसंग सहकार्य गर्ने संघ संगठनलाई समाजमा आवद्ध महासंघका सदस्यहरुले मतदान गर्ने निर्णय गरेको सचिव हृदयराम गुप्ताले जानकारी दिए ।

यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीले सबै प्रकृया पुगे पनि बिभेदकै आधारमा क्रियाशिल मधेशी पत्रकारलाई महासंघको सदस्यता प्रदान नगरेकोमा खेद ब्यक्त गरेको छ । समाजले क्रियाशिल मधेशी पत्रकारहरुलाई सदस्यता दिने बिषयमा महासंघको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ । मधेशी पत्रकार समाज, रुपन्देहीका सल्लाहकार बिन्दु कुमार चौहानको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।