ताजा अपडेट »

३२ वर्षिय बसेल बुटवलबाट एकसातादेखि सम्पर्कविहिन

बुधबार, ११ चैत्र २०७७, १८ : ०८
8 Shares

बुटवल । देवचुली नगरपालिका-३ केवरानी नवलपरासीका नारायण बसेल विगत ७ दिनदेखि सम्पर्कविहिन भएका छन् । ३२ वर्षिय बसेल बुटवलबाट सम्पर्कविहिन भएको उनका दाजु भागिरथ बसेलले बताए । बुटवलमा आफ्नै व्यवसाय गर्दै आएका बसेल सम्पर्कविहिन भएको लामो समय हुँदा परिवार लगाएत आफन्तजन पीडामा परेको उनले बताए।

चैत ४ गते बिहान १२ बजेदेखि सम्पर्कविहिन भएका बसेल बुटवल-११ कालिकानगरबाट सम्पर्कविहिन भएको दाजु भागिरथ बसेल तथा जेठान ध्रुब रेग्मीले बताए । त्यहाँ स्थित सिसिटिभि फुटेजमा सम्पर्कविहिन बसेल देखिएको उनीहरुले बताए । सम्पर्कविहिन बसेल बुटवल, ट्राफिकचोकमा आफ्नै स्वामित्वमा रहेको जबलिंक सञ्चालन गर्दै आएका थिए । सियोर जब डटकम नामको जागिर मिलाइदिने व्यवसाय गर्दै आएका बसेल सम्पर्कविहिन भएपछि परिवारले चैत्र ५ गते इलाका प्रहरी कार्यालयमा सम्पर्कविहिन भएको निवेदन दिएका थिए । करिब एक हफ्ता हुँदा पनि कुनै सम्पर्क नभएपछि पीडित परिवार थप समस्यामा परेको छ ।

समपर्कविहिन बसेलका श्रीमती र एक महिनाका छोरा छन् । बसेल बुटवल-६ आदर्शनगरमा बस्दै आएका छन्। उनकी श्रीमती भने तिलोत्तमा-५ नयाँ मिल स्थित आफ्नो माइतीमा सुत्केरी बस्दै गरेकी छन् । डेढ वर्षदेखि बुटवलमा बस्दै व्यवसाय चलाउँदै आएका बसेल साधारण स्वभावका रहेको दाजु भागिर बसेलले बताए । सम्पर्कविहिन बसेलले प्रयोग गर्ने मोटरसाइकल योगीकुटी स्थित होटल पौवा पछाडि भेटिएको उनका जेठान ध्रुब रेग्मीले बताए । निवेदन परेपछि प्रहरीले खोजी कार्य जारी गरेको इलाका प्रहरी कार्यालय ,बुटवलका प्रहरी नायब उपरिक्षक प्रतितसिंह राठौरले बताए।

बसेल ७ वर्ष जापान वैदेशिक रोजगारीबाट फर्केका थिए । नवलपरासी घरमा रहेका बसेल श्रीमती सुत्केरी भएपछि माइत गएपश्चात बुटवलमा एक्लै बस्दै आएका थिए । परिवारको सदस्य र आफ्नो भाई सम्पर्कविहिन भएपछि आाफूहरुले विभिन्न माध्यमबाट खोज्दै आएको तर, कुनैपनि सुराक तथा खबर नपाएपछि थप पीडामा परेको दाजु भागिरथले बताए । सम्पर्कविहिन भएको लामो समयसम्म पनि भाई नभेटिएपछि सुरक्षाकर्मी, सञ्चार माध्यम लगाएत सम्पूर्णमा आफ्नो भाईको खोजीका लागि उनले आग्रह गरे । त्यसैगरी ज्वाइँ सम्पर्कविहिन भएपछि सुत्केरी बहिनी लगाएत आफ्नो परिवार र आफन्तहरु पनि पीडामा परेको बताउँदै सक्रिय रुपमा खोजीनिधी गर्न जेठान ध्रुब रेग्मीले अनुरोध गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।