ताजा अपडेट »

गुल्मीमा भिडभाड, जुलुस, र्यालीमा रोक

बुधबार, ११ चैत्र २०७७, १७ : ५२
2 Shares

गुल्मी । गुल्मीमा भिडभाड, जुलुस, र्यालीमा प्रशासनले रोक लगाएको छ । छिमेकी देश भारतमा कोरोना महामारीको संख्या बृद्धि र मृत्युदर बृद्धिभएपछि त्यसको सर्तकता स्वरुप भिडभाड, जुलुस, र्याली नगर्न नपाइने भएको हो ।

बुधवार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण बढन नदिन स्वास्थ्य मापदण्ड पालन गर्नको लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रबेवी शर्माले बताइन् । बैठकले निकटमा रहेको फागु पूर्णिमा (होली) को अबसरमा परिवार भित्र मात्र मनाउने निर्णय गरेको छ । त्यस्तै माक्स सबैले अनिवार्य रुपमा लगाउने, सामाजिक दूरी, साबुन पानी वा सेनिटाइजरले हात धुने व्यवस्थालाई पालन गर्नु गराउनु हुन अनुरोध गरिएको छ । होटल रेष्टुरेन्ट मदिरा बिक्री बितरण उपभोग लगायतका व्यवसायहरु राती ८ बजेपछि बन्द गर्ने निर्णय भएको छ ।

सवारी साधनमा सिट क्षमता भन्दा वढि यात्रु नराख्ने, अनिवार्य माक्स तथा सेनिटाइजरको व्यवस्था यातयात व्यवसायीहरुले मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । सरकारी गैरसरकारी निजी क्षेत्र, बिद्यालय÷ कलेजहरु, व्यवसायी, संघ, संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइकासाथ पालना गराउने निर्णय भएको छ ।

निर्माण व्यवसायीहरुले विदेशबाट कामदार ल्याउदा अनिवार्य रुपमा एन्टीजेन टेष्ट गरी नेकेटिभ रिर्पोट आएकाहरुलाई मात्र निर्माण सम्बन्धि काममा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।