ताजा अपडेट »

पाल्पा पुगेर भैरहवा ग्रिन सिटीको आर्थिक सहयोग

बुधबार, ११ चैत्र २०७७, १७ : ४९
4 Shares

भैरहवा । घासको भारी बोकेर हिडने क्रममा पल्टिएर मृत्यु भएकी पाल्पाकी ६५ बर्षिया नुरमती रास्कोटीको परिवारलाई लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले मृतकको घरमै पुगेर आर्थिक सहयोग गरेको छ । जिल्लाको विगट गाउँमा पर्ने रैनादेवी छहरा गाउँपालिका वार्ड नम्बर ७ मा पर्ने बल्ढेङगढीमा पुगेर ग्रिन सिटीले आर्थिक अभाव झेलिरहेका मृत्यकको परिवारलाई आर्थिक सहयोग गरेको लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीका अध्यक्ष शिवनाथ गुप्ताले जानकारी दिए ।

अध्यक्ष गुप्ताले चरम गरिव र आर्थिक अभावमा परेको थाहापाए पछि मृत्यकको घरमै पुगेर मृत्यकका श्रीमान ७५ बर्षिया छबिलाल रास्कोटीलाई क्रिया खर्च पुग्ने रकम हस्तान्तरण गरेको बताए । फागुन ३ गते घर नजिककैको खरवारी कालापतलमा घास काटि भारी बोक्ने क्रममा पल्टिएर मृत्यु हुनपुगेकी रास्कोटीको ६ छोरी र १ छोरा रहेपनि छोरीहरुको विवाह भैसकेको र छोरा १४ बर्षका नावालक छन् ।
घरमा आर्थिक अभाव भएपनि उनलाई क्रिया खर्च रकम दिएको र आवश्यकता अनुसार अरु थप सहयोग गर्न सकिने समेत अध्यक्ष गुप्ताले बताएका छन् ।

खेती किसानी बाट दैनिकी गुजारा गर्दै आएको रास्कोटी परिवारमा नुरमतीको मृत्यु पछि उनका बृद्ध श्रीमान र नावालक छोरा साहारा दिने कोहि नरहेको स्थानिय सोम बहादुर रायमाझीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।