ताजा अपडेट »

समाचार प्रभाव : बृद्ध दम्पत्तिलाई नगद सहयोग सहित उपचारको आश्वासन

बुधबार, ११ चैत्र २०७७, १७ : ४३
6 Shares

भैरहवा । उपचारको अभावमा छटपटि रहेकी मोती बढईको उपचारको लागी सहयोगीले हाथ बढाएका छन् । मोतीका ८६ बर्षिय पति नन्दलाल बढईले सकी नसकी उपचार गरिरहेको थिए । हाल जम्मा गरेको सबै रकम सकिएको कारण नन्दलाल मोतीको उपचार गराउन सकिरहेका छैनन् ।

नन्दलाल र मोती बढईको अवश्थाबारे ग्लोबल आवाजमा समाचार प्रकाशन भए पछि शंकरनगरमा रहेको मानव कल्याण मित्र मञ्च, नेपालले सहयोगको हाथ बढाएको छ । मञ्चको अध्यक्ष दुर्गा प्रसाद अर्याल, कोषाध्यक्ष शालिकराम गौतम र सदस्य झविलाल अधिकारी उनको घरमै पुगेर उपचारको प्रयास थाल्ने आश्वासन दिएका छन् । समाचार हेरेर बृद्ध दम्पत्तिको बारेमा जानकारी भएको बताउदै मञ्चका अध्यक्ष अर्यालले मोतीको अवश्थाबारे बिशेषज्ञ चिकित्सकसंग राय लिने बताए । उनले सबै उपचारका क्रममा जम्मा भएको कागजातको नक्कल आफूसित लगेको र त्यसैको आधारमा बिशेषज्ञको राय लिने बताए ।

मोतीको उपचार हुने अवश्था रहे संस्थाले पहल गरि उपचार गराउने र उपचार गर्ने अवश्था नभए अहिले भई रहेको औषधी उपचारलाई नै निरन्तरता दिने गरि सहयोग गर्ने मञ्चले आश्वासन दिएको हो । यस संगै तत्कालको लागी उनको औषधी उपचारको लागी भन्दै मञ्चले नगद रकम समेत प्रदान गरेको थियो । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ का ८६ बर्षिय नन्दलाल करिब सोही उमेरकी आफ्नो श्रीमतिको उपचारको लागी भौतारि रहेका छन् । श्रीमतिको उपचारको लागी रिक्सा भाडाको समेत जोहो गर्न नसके पछि उनि आफै रिक्सा बनाई त्यसैमा श्रीमतिलाई उपचारको लागी लाने गरेका छन् ।

अब्बल मूर्तिकार समेत रहेका नन्दलालले दुखको बेलाको लागी भनेको जम्मा गरि राखेको रकम उपचारमै सकिएपछि अहिल उनले भिक्षा मागेर श्रीमतिको उपचार गरि रहेका छन् । उनले श्रीमतिको उपचारमा सहयोग गरि दिन दाताहरुलाई आग्रह गरेका छन् ।

https://www.globalaawaj.com/archives/92724
राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा