ताजा अपडेट »

म्यानमारमा सेनाले चलाएको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु

बुधबार, ११ चैत्र २०७७, १३ : ३०
2 Shares

काठमाडौँ । म्यानमारमा सैनिक जवानले चलाएको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ। सेभ द चिल्ड्रेनका अनुसार मनडाले क्षेत्रमा सेनाले चलाएको गोली लागेर बालिकाको मृत्यु भएको हो। हालसम्म म्यानमारमा करिब २० बालबालिकाको मृत्यु भइसकेको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यममा अनुसार बालिकाको बुबामाथि चलाइएको गोली बालिकालाई लागेको हो । बालिकाको बुबा र १९ वर्षीया दाइलाई सेनाले नियन्त्रणमा लिएको छ । माघ १९ गते सेनाले 'कू' गरेपछि दैनिक सैन्य सरकारविरुद्ध आन्दोलन भइरहेको छ। प्रहरी र प्रदर्शनकारीबिच दिनहुँ झडप हुने र सुरक्षाकर्मीहरुले अत्याधिक बल प्रयोग गर्ने गरेको बताइएको छ। सैन्य कू पछि प्रदर्शनका क्रममा म्यानमारमा १६४ जनाको मृत्यु भइसकेको सेनाले जनाएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।