May 16, 2022
जेठ २४, बुटवल । प्रदेश नम्बर पाँचको सरकारले प्रदेश अन्तर्गत बिभिन्न क्षेत्रमा उल्लेखनिय योगदान पुराएका ब्यक्ति वा संस्थालाई सम्मान स्वरुप बिभिन्न बिभुषण र मानपदवी प्रदान गर्ने भएको छ ।
प्रदेश सरकारले बिभिन्न ११ वटा बिधामा बिभुषण तथा पदक प्रदान गर्ने निर्णय गरि कानून बनाउनका लागि प्रदेश ५ बिभुषण सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधियकलाई स्विकृती प्रदान गरेको छ । प्रदेश सरकारले बुद्ध शान्ति पदक, प्रदेश प्रमुख जनसेवा पदक, प्रजापती गौतमी पदक, दंगीशरण बलिहाङ्ग पदक, मुख्यमन्त्री प्रज्जवल दिप, उजिरसिंह दिप, प्रदेश सेवा समर्पण, समाज सेवाश्री, प्रदेश रत्न, पुथाश्री शिखर, प्रदेश प्रज्ञा बिधामा बिभुषण तथा पदक प्रदान गर्ने छ ।
प्रदेशमा बिभुषण र मानपद्वी प्रदान गर्न बनेको बिधयकलाई छिट्टै प्रदेश सभामा पेश गरिने र प्रदेश सभाबाट पारित भैसकेपछि आवश्यक कानून बनाएर बिभुषण र मानपद्वीका लागि छनौटका लागि कार्यबिधि निर्माण गरि प्रकृया अघि बढाईने प्रदेश सरकारले जनाएको छ ।
प्रतिकृया दिनुहोस्