ताजा अपडेट »

कोरोनाको दोस्रो लहर , रोकथामका ५ उपायहरु

बुधबार, ११ चैत्र २०७७, १० : ५४
6 Shares

कोरोना महामारीको कारण नेपालमा लकडाउन भएको आज १ वर्ष पुरा भएको छ । विगत १ वर्ष हाम्रो लागि निकै प्रत्युत्पादक बन्यो । सरकार तथा आम नागरिकको लागि यो स्तरको महामारी पहिलो अनुभव थियो । सरकार र नागरिक दुबैले यो अबधिमा धेरै कुरा सिकेका छौं,अनुभव हासिल गरेका छौं । त्यहि सिकाई र अनुभवलाई दोस्रो लहर रोकथामको लागि सरकारले ५ वटा काम युद्धस्तरमा गर्नुपर्दछ ।


१. सिमा नाका तथा विमानस्थलमा चेकजाँच कडाइ गर्ने, परीक्षण गर्ने, संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्ने, शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्ने तथा अन्य व्यक्तिलाई होम क्वारेन्टिनमा बस्ने गरि घर पठाउने ।
२. कन्ट्याक्ट ट्रेसिंगलाई चुस्त र प्रभावकारी बनाउने ।
३. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने, त्यसको निगरानी तथा अनुगमन गर्ने ।
४. भारत, चीन, रुस, बेलायत, अमेरिका लगायतका देशसंग उच्चस्तरबाट पहल गरेर पुग्ने खोपको प्रबन्ध गर्ने ।
५. लकडाउन तथा निषेधाज्ञा नगर्ने वातावरण मिलाउने ।

आम नागरिकले एउटा काम अनिवार्य गर्नुपर्दछ।
१.जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने (सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने ÷ स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने, भ्रम र हल्लाको पछि नलाग्ने, धेरै डर नमान्ने तथा सरकारले जारी गरेका निर्देशिका पालना गर्ने )।

https://www.globalaawaj.com/archives/42922
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।