ताजा अपडेट »

मोडल अफ तिलोत्तमाको अडिशन,२० जनाले प्रतिष्पर्धा गर्ने

मंगलबार, १० चैत्र २०७७, २० : ३९
10 Shares

बुटवल । युवायुवतीहरुको ब्याक्तित्व विकासका साथै उनिहरुको प्रतिभा उजागर र समाज रुपान्तरणमा युवाको सक्रियता बढाउने उद्देश्य भन्दै द डाइनामिक फेसन स्टाइलद्वारा आयोजना हुन लागेको मोडल अफ तिलोत्तमा सिजन–२ को पहिलो अडिसन सम्पन्न भएको छ । बुटवलमा भएको अडिशनमा प्रतियोगिताका लागि २० जना छनौट भएको आयोजक द डाइनामिक फेसन स्टाइलका प्रमुख सौरभ रेग्मीले बताए । अडिशनमा मिस एस.ई.ई. नवलपरासी मन्दिरा ठकुरी, समाजसेवी लोचन भुसाल र इभेन्ट अर्गनाइजर आशिष थापाले को निर्णायकको भूमिकामा निर्वाह गरेका थिए ।

एक वर्ष अगाडिदेखि शुरु भएको प्रतियोगिताको पहिलो संस्करण जस्तै दोस्रो सिजनपनि सभ्यर भव्य रुपमा सम्पन्न हुने कार्यक्रमका निर्देशक श्रेयान अचार्यले बताए । कार्यक्रमको समयावधीभर युकेश मान ज्ञवालीको कोरियोग्राफी र अबको दुई हप्तासम्ममा ट्रेनिङ सम्पन्न गरी फाइनल कार्यक्रम हुने समेत आचार्यले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।