ताजा अपडेट »

रामेछापमा बस दुर्घटना : एकको मृत्यु, २५ घाइते

आइतबार, ०६ माघ २०७५, ०९ : २६
4 Shares

माघ ६,

रामेछाप । रामेछापको मन्थलीमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । ओखलढुंगाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको अरनिको यातायात सेवा समितिको बा ४ ख ४२१० नम्बरको बस आइतवार दिउँसो मन्थली–१ मच्छेडाँडीमा दुर्घटना भएको हो ।दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिए । 

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओरालोमा गुडिरहेको बस अकस्मात कच्ची सानो सडकमा चढ्ने बित्तिकै पल्टिएको थियो ।  चालकले ब्रेक फेल भएकाले कालोपत्रे सडकबाट उकालो सानो बाटोमा बस चढाएको अनुमान प्रहरीले गरेको छ ।घाइतेहरुलाई तामाकोशी सहकारी अस्पतालमा उपचारका लागि पठाइएको छ भने गम्भीर घइतेहरुलाई काठमाडौं पठाइएको छ । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।