ताजा अपडेट »

कपिल सापकोटाको ‘सोच’को म्युजिक भिडियो डिजिटल बजारमा

मंगलबार, १० चैत्र २०७७, १२ : ४२
2 Shares

काठमाडौँ । गायक कपिल सापकोटाको एल्वम ‘म’भित्र सङ्ग्रहित गीत ‘सोच’को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।अस्ट्रेलियाको मेलबर्न शहरमा रहेर र्याप गायनमा सक्रिय तीन जना प्रतिभाशाली युवा गायक कपिल सापकोटा, सागर कुँवर र कपिल योगीकोर्र्याप ‘सोच’मा सुन्न सकिन्छ । जीवन भोगाई र समाजको यथार्थ र्यापमा प्रस्तुत गरिएको छ ।

मिस्ट चाम्लिङले यस र्याप गीतलाई मिक्सिङ एवं मास्टरिङ गरेका हुन् । अस्ट्रेलियामा नै छायाङ्कन गरिएको यस भिडियोमा तीनै जना गायक दृश्य छ । अनिश गौतमले यस भिडियोलाई सम्पादन र निर्माण गरेका हुन् । मेक मनि रेकर्डको आधिकारिक च्यानलमार्फत् भिडियो सार्वजनिक भएको हो । यस गीतलाई अन्य डिजिटल श्रव्य दृश्य माध्यमसमेतमा हेर्न र सुन्न सकिने जनाइएको छ

रासस
लेखकको बारेमा
रासस