ताजा अपडेट »

कैलाली र कंचनपुरमा हावाहुरी : दुइको मृत्यु ,दर्जनौं घाइते

शुक्रबार, २४ जेठ २०७६, ०८ : ४९
4 Shares

जेठ २४,

धनगढी । सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा बिहिवार साँझ आएको भिषण हावाहुरीले ठूलो क्षति गरेको छ । हावाहुरीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् । अन्य दर्जनौं घाइते भएका छन् ।

हावाहुरीले रुख, बिद्युतका पोल, पर्खाल, घरका छाना समेत उडाएको छ । संकलन भएको प्रारम्भिक क्षतिको विवरण अनुसार कैलाली र कंचनपुरमा कम्तीमा १४ जना गंभिर घाइते भएको सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुरज केसीले बताएका छन् ।

कयौको घरको जस्ता पाता उडाएको छ भने धेरैका पर्खाल भत्केका छन् । यसैगरी बिभिन्न ठाउँ ठाउँमा बिजुलीका पोल र रुखहरु ढलेर सडक र बिद्युत अबरुद्ध भएको उनले बताए । हावाहुरीसँगै आएको पानी अधिकाशंको घरमा पसेको स्थानीयले बताएका छन् । कैलाली र कंचनपुरमा पछिल्लो धेरैबर्ष यताकै सवैभन्दा ठुलो हावाहुरी आएको स्थानियले बताएका छन् । हावाहुरीका कारण भएको भौतिक क्षतिको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

बिहीवार राति झन्डै सवा सात बजे कञ्चनपुरमा सुरु भएको हावाहुरी आधा घण्टाजति चलेको थियो।प्रमुख जिल्ला अधिकारी बोहोराका अनुसार पौने आठ बजेसम्म चलेको हावाहुरीले कैलाली जिल्लामा बढी क्षति पुर्‍याएको देखिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।