२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

जेठ २३, काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत भ्रमणको अन्तिम दिन जलवायु परिवर्तनको मुद्दालाई लिएर भारत, चीन र रुसको आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनको सबै आरोप भारत, चीन र रुसमाथि लगाएका छन् । साथै उनले अमेरिका विश्वकै सबैभन्दा स्वच्छ देशमध्ये एक हो भनेका छन् । ट्रम्पले यी देशमा राम्रो हावा र सफा पानीसम्म नभएको बताएका छन् ।

‘विश्वको पर्यावरणलाई लिएर भारत, रुस र चीनजस्ता देशले आफ्नो जिम्मेवारी निभाएका छैनन् । यी देशहरुलाई प्रदूषण र सरसफाइको कुनै ख्याल नै छैन’, राष्ट्रपति ट्रम्पले भने । बेलायतको सञ्चारमाध्यम आईटीभीलाई दिएको अन्तर्वार्तामा उनले यो कुरा बताएका हुन् । राष्ट्रपति ट्रम्पले भने, ‘भारत लगायत केही देशमा राम्रो हावापानी छैन । तपाईं केही शहरमा जानुस्… तर म नाम लिन चाहन्नँ । त्यस्ता शहरमा जाँदा तपाईंँ सास पनि फेर्न सक्नुहुन्न ।’ सबै आँकडा देख्दा अमेरिका सबैभन्दा स्वच्छ जलवायु भएको देशमध्ये एक भएको उनले बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टरिजा मेले जलवायु परिवर्तनको मुद्दामा पनि कुराकानी गरेका थिए । यद्दपि बेलायतमा अमेरिकाको गर्भपात कानुन र जलवायु परिवर्तनलाई लिएर ट्रम्पको विरोधमा कैंयौ स्थानमा प्रदर्शन भएको थियो । 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै