ताजा अपडेट »

खानेपानीको क्षेत्रमा अलौकिक परिवर्तन आउने दाबी

विहीबार, २३ जेठ २०७६, १६ : ३२
6 Shares

जेठ २३, दाङ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले आगामी आर्थिक वर्षमा देशभरीको खानेपानीको क्षेत्रमा अलौकिक परिवर्तन आउने दाबी गरेकी छन् ।

‘नयाँ संविधानले खानेपानीलाई मौलिक अधिकारका रुपमा राखिसकेको छ, त्यसैले हाम्रो देशका जनताहरु अब खानेपानीको अभावमा बाँच्नु नपर्ने बनाउनका लागि हामी लागिपरेका छौँ’, मन्त्री मगरले भनिन्, ‘आगामी आर्थिक वर्षको बजेटमा पनि खानेपानीलाई प्राथमिकतामा राखिएको छ, त्यसैले खानेपानीको क्षेत्रमा सकारात्मक परिवर्तन आउनेमा तपाईहरु ढुक्क रहनुस् ।’

मन्त्री मगर खानेपानी सञ्जाल दाङको कार्यक्रममा सहभागी हुन दाङ आएको अवसर पारी रिर्पोटर्स क्लव दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले खानेपानीको विकासका लागि दाङलाई प्राथमिकतामा राखेर काम सुरु भइसकेको समेत बताइन् ।

‘सहलगानी अन्र्तगत पातुखोला सर्भे गरिसकिएको र यो कार्यक्रमले दाङको खानेपानीको क्षेत्र अझ थप प्राथमिकतामा पर्नेमा म विश्वस्त छु,’ मन्त्री मगरले भनिन् । अहिलेको अवस्थामा कुल जनसंख्याको ८८ प्रतिशत जनता मात्र खानेपानीको आधारभूत पहुँचमा रहेको बताउँदै उनले अब निकट भविष्यमै त्यो संख्यालाई ९९ प्रतिशतमा पु¥याउन अधिकतम पहल गर्ने जिकिर गरिन् ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना समग्र देशकै चासोको विषय भएको यसले अब खुट्टा टेकिसकेकाले अगाडि बढ्नेमा विश्वस्त हुनमा सम्पूर्णलाई आग्रह गरिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।