ताजा अपडेट »

प्रधानमन्त्री कप क्रिकेट, नेपाल पुलिस र त्रिभुवन फाईनलमा

विहीबार, २३ जेठ २०७६, १६ : १६
2 Shares

जेठ २३, काठमाण्डौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पुलिसले अर्को विभागीय टिम एपीएफलाई ५ विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ रोज्दै आएको प्रहरीले बिहीबार एपीएफविरुद्ध पहिले बलिङ गरेको थियो । एपिएफले २२.१ ओभरमै सबै विकेट गुमाउँदै ४१ रन बनाएको थियो ।

एपीएफका कुनै ब्याट्सम्यानले दोहोरो अंक को रन बनाउन सकेनन् । एपीएफले पहिलो विकेटको रुपमा आशिफ शेखलाई चौथो ओभरमा ९ रनको स्कोर हुँदा गुमाएको थियो । उनले एक रन जोडेका थिए ।

प्रदिप एैरी २ रन, सुमित मर्हजन २ रन ,  शरद ७ रन, बसन्त रेग्मी ० रन, सन्दीप जोरा ५ रन, पृथु बास्कोटा ७ रन ,कमलसिंह एैरी १ रन दिपेन्द्र रावत २ रन र अभिनाष बोहरा ३ रन बनाए ।

एपीएफलाई सस्तैमा समेट्न प्रहरीका लागि ललित नरायण राजवंशीले ४ तथा कुशल भुर्तेल र सागर ढकाल ले ३ ३ विकेट लिए ।

जवाफमा पुलिसले नौ ओभर तीन बलमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्‍यो । पुलिसको जितमा पवन सर्राफले २१, दिपेन्द्रसिंह ऐरीले १३, सुनील धमलाले तीन, दिलीप नाथले दुई रन बनाए ।

पुलिसले पनि राम्रो सुरुवात गर्न सकेन । उसको स्कोर चार रन हुँदा पहिलो विकेट गुमेको थियो । लगत्तै दोस्रो विकेट गुमाएको पुलिसले ५ रन हुँदा तेस्रो विकेट खेर फालेको थियो । २१ रनमा चौथो विकेट गुमाएको पुलिसले २३ रनमा पाँचौ विकेट खेर फालेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।