२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

जेठ २३, काठमाण्डौं । सत्तारुढ दलका सांसद जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिएका छन् ।

Advertisement

प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्धन्द्धका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै उनले अरुलाई दोषारोपण गरेर उम्कने काम नगर्न चेतावनी दिएका हुन् । उनले संविधान निर्माण लगायत उपलब्धिको श्रेय मात्रै नलिएर सबै कमी कमजोरीको सबैले सामुहिक जिम्मेवारी लिनुपर्ने बताए । उनले सत्तामा बसेर निरन्तर नेतृत्व लिएकाहरुले राम्रा कामका जस मात्रै नभई गल्तीहरुको पनि जिम्मेवारी लिनुपर्ने बताए । 

गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो भएर सुख नपाईने भन्दै उनले सबै जस अपजसको सामुहिक जिम्मेवारी लिनुपर्ने बताए । ‘परिरर्वतनलाई, संघीयतालाई, संविधानसभालाई, अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने ? अनि त्यसपछि आएर जनयुद्ध, जंगल पसेर सब विनास गरे भनेर भन्ने ? जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ । त्यसकारण म पुर्ण रुपमा जिम्मा लिन चाहन्छु,’ उनले भने, ‘त्यसले दिएको उपलब्धि, परिर्वतका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज विर्सन मिल्छ ? त्यसकारण गल्तीहरुपनि सामुहिक रुपमा लिउँ । त्यहा भएका कमिकमजोरीहरु लिन म तयार छु । र त्यतिबेलाको माओवादी लिन तयार छ । कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ । ”

सांसद भुसालले २०४८ साल देखिको मुलुकको आर्थिक अवस्थाको फेयरिस्त प्रस्तुत गर्दे कांग्रेसले लिएको नीजिकरणलाई तत्कालिन कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको तथा २०५० सालमा एक वर्षको अवधिमा ९० हजारको रोजगारी श्रृजना भएको दाबी गरेकी थिइन् । सोही क्रममम उनले तात्कालिन माओवादी द्वन्द्वका कारण युवाहरु विदेशीन बाध्य भएको बताएकी थिइन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा बोल्न रोष्टम पुगेका सांसद शर्माले सांसद भुसालको अभिव्यक्तिको खण्डन गरेपछि मात्रै विषयवस्तुमा प्रवेश गरेका थिए ।

प्रगतिशिल उत्पादक शक्तिको विकास गरि समाजवाद उन्मुख अर्थतन्त्रमा पुग्ने वहस नै अहिलेको वहसको विषय भएको भन्दै सांसद शर्माले प्रगतीशिल उत्पादक शक्तिको विकास गर्दे उत्पादनको साधन र स्रोतमा जनताको सहभागिता विस्तारमा जोड दिनुपर्ने बताए । 

उनले बजेटमा संघीयतको मर्म बोध नभएको ,कृषिमा आत्मनिर्भरका आयोजना प्रभावकारी हुन नसकेको, चालु खर्च बढ्दै जाने र पूँजीगत खर्च घट्दै जानु चिन्ताको विषय भएको, तलबवृद्धि प्रतिशतमा नभई एकमुष्ट तोकिनुपर्ने, बजेट खर्चका लागि ठोस विधि बनाउन नसकिएको टिप्पणी गरे । विगतका सबै उद्योगलाई स्थापित गरि नयाँ उद्योग स्थापना बढाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी