ताजा अपडेट »

तिलोत्तमामा युवतीको बलात्कारपछि हत्या प्रयास, आरोपित प्रहरी जवान पक्राउ

आइतबार, ०८ चैत्र २०७७, १७ : ११
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक प्रहरी जवानद्वारा युवतीमाथि बलात्कारपछि हत्याको प्रयास भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी जवानले तिलोत्तमा–११ की अन्दाजी १९ वर्षिया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

आरोपित नवलपरासीको जर्घामा कार्यरत अन्दाजी २२ वर्षिय प्रहरी जवानलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पिडित युवतीको परिवार श्रोतले दिएको जनकारी अनुसार शनिबार विहान करिब ५ बजेको समयमा ती युवकले युवतीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेका थिए । ‘युवतीको घाँटीमा झोलाको फिताले कसेर लतार्दै जँगलमा फ्याकिएको रहेछ ।’ पारिवारिक श्रोतले ग्लोबल आवाजसँग कुरा गर्दै भन्यो ‘युवती वेहोस भइसकेपछि युवकले मर्यो भन्ने ठानेर त्यसै छोडेर फरार भयो । पछि युवती आफै उठेर अचेत अवस्थामा हिँडीरहेको देखेपछि स्थानीयले उद्दार गरे ।’

घटना बारे जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपित पक्राउ परेका छन् । पीडित युवतीलाई रुपन्देहीको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

https://www.globalaawaj.com/archives/81336
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।