ताजा अपडेट »

नेपाल रेडक्रसलाई ५१ करोड हिनामिनाको आरोप

विहीबार, २३ जेठ २०७६, १० : ०५
2 Shares



जेठ २३,

काठमाडौँ ।  नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिनाको आरोप लागेको छ । नेपाल रेडक्रसका तत्कालीन पदाधिकारीहरुले करोडौं रुपैयाँ हिनामिना गरेको आशंकामा थाइल्यान्डको थाई रेडक्रस सोसाइटीले थाइल्यान्डमा रहेको नेपाली दूतावासमार्फत् नेपाल रेडक्रसविरुद्ध उजुरी दिएको हो ।थाई रेडक्रसको उजुरी परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको छ । उजुरी परेलगत्तै काठमाडौं प्रशासनले अध्यक्ष थापासहितका पदाधिकारीमाथि छानबिन थालेको छ ।

थाई रेडक्रस सोसाइटीबाट प्राप्त ४२ करोड र रेडक्रसको केन्द्रीय गोदाम घर निर्माणका लागि भक्तपुरको खरिपाटीमा खरिद गरिएको जग्गामा झन्डै ६ करोड ३२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै नेपाल रेडक्रसविरुद्ध उजुरी परेको हो ।उजुरीमाथि छानबिन जारी रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । छानबिनका क्रममा तत्कालीन अध्यक्ष थापासहितका पदाधिकारीमाथि बयान थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले जनाएको छ । -राजधानी दैनिक



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।