ताजा अपडेट »

रुपन्देहीको भैरहवामा ४ अर्ब लागतमा तीन सय घरको परियोजना

आइतबार, ०८ चैत्र २०७७, १२ : ०५
4 Shares

बुटवल । बोधी होल्डिङ्ग प्रालिले भैरहवामा आवास परियोजना सञ्चालन गर्ने भएको छ । होल्डिङले भैरहवाको देवकोटा चोकबाट करिब डेढ किलोमिटर पूर्व बसन्तपुरमा ४ वर्षको अवधिमा ३ सय घर निर्माण गर्ने गरी परियोजना अगाडी बढाइएको हो । एकिकृत तथा आधुनिक शहर निर्माणका लागि दुई चरणमा सञ्चालन गरिने परियोजना अन्तरगतपहिलो चरणमा २ वर्षभित्र पाँच विगाहा क्षेत्रफल १०४ वटा घर निर्माण गरिने बोधी होल्डिङका निर्देशक दिनबन्धु पोखरेलले जानकारी गराए । यसैगरी दोस्रो चरणमा ९ विगाहा क्षेत्रफलमा १९६ घर निर्माण गरिने भएको छ ।

परियोजनाका लागि ४ सय करोड लागत अनुमान गरिएको छ । हाउजिङ्ग परियोजना भित्र बस्ने हरेक व्यक्तिहरुले सुविधा लिनसक्ने गरि सामूहिक भवन, बाल उद्यान, हेल्थ क्लव हाउस, स्विमिङ्ग पुल, बास्केट बल कोर्ट, ग्रोसरी सप, साउना तथा स्टिम बाथ, पानी शुद्धिकरण गर्ने उपकरणहरु, भुमिगत तार व्यवस्थापन, व्यवस्थित पार्किङ्ग, सि.सि.टि.भि सहितको चौविसै घण्टा सुरक्षा गार्ड सुविधा सहितका सुविधा तथा पुर्वाधारहरु उपलब्ध गराइने भएको छ ।

परियोजनाको बैंकिङ्क साझेदारको रुपमा ग्लोबल आई.एम.ई बैंक लिमिटेड रहेको छ । बैंकले परियोजना सम्पन्न गर्नका लागि सम्पूर्ण कर्जाहरु उपलव्ध गराउनुको साथै परियोजनाको घर खरिद गर्ने ग्राहकहरुलाई २० वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने छ । ग्राहकलाई घर बुकिङ गरेको मितिबाट एक बर्ष भित्रमा निर्माण सम्पन्न गरि हस्तान्तरण गरिने प्रा.लिका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी गराए ।

प्रथम चरणमा निर्माण गरिने घरहरुमध्ये ४ वटा वेड रुमसहित हल र किचेन सहितका ६८ वटा घर निर्माण हुने भएका छन् । २ हजार ३३३ स्क्वायर फीटका ११ देखि १३ धुरमा र निर्माण हुने प्रा.लिले जनाएको छ । ५ वटा वेड रुमसहित हल र किचन भएका ३६ वटा घर २ हजार ६९७ स्क्वायर फिटका १४ देखि १७ धुर क्षेत्रफलमा बन्ने भएका छन् । प्रालिले ४ वटा वेड रुमसहितको घरको मूल्य आगामी वैशाख मसान्तसम्म बुकिङ गर्नेहरुका लागि १ करोड ६० लाख कायम गरेको छ भने ५ वेड रुमसहितको घरका लागि १ करोढ ९० लाख मूल्य कायम गरेको छ ।

सो अवधिपछि बुकिङ गर्ने ग्राहकहरुका लागि १२ दशमलव ५ प्रतिशत मूल्य थप गरिने प्रा.लिका अध्यक्ष पाण्डेले जानकारी गराए । होल्डिङले शनिबार पत्रकार सम्मेलन गरी परियोजना बारे जानकारी गराएको हो । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य तथा हाउजिङ्गका सञ्चालक प्रमोद यादवले व्यवस्थित बसोबासका लागि परियोजना ल्याइएको बताउँदै त्यहाँ बन्ने संरचना गुणस्तरीय र बलियो रहने दावी गरे ।

https://www.globalaawaj.com/archives/82326
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।