ताजा अपडेट »

‘फुलबुट्टे सारी’ सहित कञ्चनमा होली हंगामा

आइतबार, ०८ चैत्र २०७७, ११ : ००
6 Shares

कञ्चन । फागू पूर्णिमा अर्थात होली पर्वको अवसरमा फुलबुट्टे सारी सहित कञ्चनमा होली हंगामा हुने भएको छ । ड्रिम मेकर, बुटवलको आयोजना तथा सुनगाभा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको संयोजनमा कञ्चन ४, सुनगाभा चौकमा होली हंगामा हुने भएको हो ।

यस वर्षको होली पर्व चैत्र १५ गतेका दिन होली अवसर पारेर हुने सो हंगामा फुलबुट्टे सारीका गायक मार्मिक लामा, डि जे नियोन, डि जे पन्चीबो, लुम्बिनी राइजिंग स्टारका संगित पौडेल र स्थानीय कलाकारहरु लगायतको समेत विशेष सांगेतिक प्रस्तुती हुने कार्यक्रम संयोजक तथा सुनगाभा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसका प्रोपाइटर सुरेश क्षेत्रीले जानकारी दिए ।

दिउस २ बजेदेखि राती ९ बजेसम्म हुने सो कार्यक्रममा घैटो फोड, रस्साकस्सी लगायत मनोरञ्जनात्मक खेल हुने भएको छ । अवलोकनका लागि २ सय रुपैया टिकट शुल्क लाग्ने ड्रिम मेकरका रबि रानाले जानकारी दिए । कञ्चन खवर डटकम, अरु के छ डटकम र रेडियो शुद्धोदन मिडिया पार्टनरको रुपमा रहेको होली हंगामा दर्शकहरुको उल्लेख्य सहभागिता रहने कार्यक्रम संयोजक सुरेश क्षेत्रीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।