ताजा अपडेट »

एन आइ सीको ४२ औं शाखा गैडहवामा

बुधबार, २२ जेठ २०७६, १८ : १०
8 Shares

जेठ २२, बुटवल । एन आइ सि एसिया बैंक लिमिटेडले रुपन्देहीको गैडहवा गाउँपालिका वार्ड नं.५ स्थित हात्तीबजारमा आफ्नो ४२ औं बिस्तारित कार्यलय संचालन गरेकोछ । गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बिस्तारित कार्यलयको शुभारम्भ गर्दै ब्यबसायिक प्रतिष्पर्धासँगै बैंकले आफ्ना ग्राहकलाई गुणस्तरिय सेवा प्रदान गर्नेमा बिश्वास ब्यक्त गरे ।

अस्वस्थ प्रतिष्पर्धाले बैंकको कारोबार खराब हुन सक्ने कुरा बताउँदै अध्यक्ष केवटले सेवाग्राहीलाई सर्बसुलभ र गुणस्तरिय सेवा प्रदान गर्न सके एन आइ सी बैंकले ग्राहकहरुको मन जित्ने बताए । बिस्तारित कार्यलयलाई सकेसम्म छिटो शाखा कार्यलयको रुपमा संचालन गर्न समेत उनको सुझाब थियो । एन आइ सी बैंकका प्रदेश ५ का कार्यलय प्रमुख तिलक सुन्दर कार्कीले नेपाल सरकारको नीति अनुसार जनतालाई घरघरमा बैंकिङ सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत गैडहवमा रुद्रपुर शाखा अन्तर्गत बिस्तारित कार्यलय संचालन गरिएको र गैडहवाका ग्राहकहरुको चाप र सेवा ग्राहीको माग अनुसार बिस्तारित कार्यलयबाट शाखा कार्यलय समेत संचालन गरिने बताए ।

२८५ शाखा र ४१ बिस्तारित कार्यलय भएको बैंकको रुपन्देहीमा २१ वटा शाखा रहेको छ भने गैडहवामा ४२ औं बिस्तारित कार्यलयको रुपमा बैंकले संचालनमा ल्याएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।