ताजा अपडेट »

चिसापानी खानेपानी संस्थाको अध्यक्षमा पुनः मोहन गुरुङ्ग

शनिबार, ०७ चैत्र २०७७, २१ : ३८
6 Shares

परासी । पश्चिम नवलपरासीको बर्दघाट-२ मा अवस्थित चिसापानी खानेपानी तथा सरसफाई मूल उपभोक्ता संस्थाको अध्यक्ष पुनः मोहन गुरुङ चयन भएका छन् । १२ औं वार्षिक साधारण सभा एवं ८ औं अधिवेशनले उनको अध्यक्षतामा नयाँ नेतृत्वमा चयन गरेको हो ।

उपाध्यक्षमा लोकेन्द्र बहादुर पाण्डे, कोषाध्यक्षमा राधा शर्मा नेपाल र सचिवमा कमल बस्याल रहेका छन् । त्यसैगरी सदस्यहरुमा केदार चौधरी, दिपक श्रेष्ठ, ईन्द्र बहादुर थापा, झबनाथ पाण्डे, माया परियार, हिरालाल चौधरी, धन बहादुर गुरुङ्ग, इन्दिरा खनाल, गौरी थापा, गंगा ज्ञवाली र हिरा गिरी रहेका छन् ।

कार्यक्रमका अवसरमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले लुम्बिनी प्रदेश सरकारले तीन वर्ष भित्र प्रदेशका सबै नागरीकहरुको घर घरमा शुद्ध पिउने पानी पुर्याउने लक्ष्य लिएको बताए । कोभिड-१९ का कारण तोकिएको समयमा काम हुन नसके निर्धारित समयभन्दा एक वर्षपछि प्रत्येक नागरीकको घर–घरमा शुद्ध पिउने पानी पुग्ने उनको दाबी छ । शुद्ध खानेपानी नभएकै कारण विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु आई लाग्ने भएका कारण सरकार त्यसप्रति सचेत रहेको उनले बताए ।

संस्थाका कार्यसमिति सदस्य केदार चौधरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, वडा नं. २ का अध्यक्ष दया दर्लामी, दिब्य ज्योती बहुमुखि क्याम्पस संचालक समितिका अध्यक्ष वृहस्पति अधिकारी, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीका सचिव देविदत्त सापकोटा लगाएतले बोल्दै नयाँ कार्यसमितिले थप सशक्त भएर काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा ५९ लाख ४४ हजार १४१ रुपैया आम्दानी तथा ३१ लाख १२ हजार ५८ रुपैया खर्च प्रतिवेदन प्रस्तुत गरिएको थियो । २०५६ सालमा स्थापना भएको चिसापानी खानेपानी तथा सरसफाई मूल उपभोक्ता संस्थाले चिसापानी क्षेत्रका ४ हजार ६ सय ४० जनसंख्यालाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । दुई डिप बोरीङ्ग र २ सय ५० घन लिटर क्षमताको रफिङ्ग टंकी मार्फत आएको पानी २४ सैं घण्टा वितरण गर्दै आएको छ । संस्थामा ९ सय २८ धार जडान भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।